arrow

बकवास भन्दै ट्वीटरबाट टाढिए शाहरुख

मलाई बकवास कुरा मनपर्दैन, यसकारण पनि म ट्वीटर हेर्दिन

logo
प्रकाशित २०७२ माघ २० बुधबार
Srk.jpg.jpeg
मुम्बई । बलिउडका किङ खान अर्थात शाहरुख खान सामाजिक सञ्जाल ट्वीटरबाट टाढिएका छन् । ‘मलाई बकवास कुरा मनपर्दैन, यसकारण पनि म ट्वीटर हेर्दिन,’एक भिडियो च्याटमा ट्वीटरबाट टाढिनुको कारण खुलाउँदै उनले भनेका छन्,‘केही मानिस आफ्नो कुरा राख्नका लागि गाली गलौजको प्रयोग गर्छन् । त्यसकारण मलाई मोबाइलमा यस्तो नकारात्मक कुरा हेर्न जरुरत छैन् ।’

उनले सामाजिक सञ्जालमा अभद्र भाषा प्रयोग गर्ने कामलाई बन्द गर्दै त्यस्ता भाषा प्रयोग गर्नबाट बच्न आफ्ना फ्यानलाई सल्लाह दिएका छन् । केही समय अघि असहिष्णुताका बारेमा बोलेका उनले उक्त कुरा पछि सडकदेखि सामाजिक सञ्जालसम्म विरोधको सामना गर्नुप¥यो  ।

शाहरुख चाँडै नै फिल्म ‘फैन’ र ‘रइस’ जस्ता फिल्ममा देखिँदैछन् । उनले रईसमा पाकिस्तानी अभिनेत्री माहिरा खानसँग अपोजिटमा रोमान्स गरेका छन् । फिल्ममा उनी ग्याङ्स्टारको भूमिकामा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ