arrow

राष्ट्रपतिको सम्बोधन : नेपाल अब अशान्ति र भ्रष्टाचार मुक्त

logo
प्रकाशित २०७४ चैत १५ बिहिबार
bhandaris.JPG

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल अब अशान्ति र भ्रष्टाचार मुक्त हुनु पर्ने बताएकी छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शहीदको सपना साकार पारेर सम्वृद्धिको मार्गमा अघि बढ्ने बेला भएको बताइन् ।

उनले एक वर्षको अवधिमा तीनै तहको महत्वपूर्ण निर्वाचन सम्पन्न भएको र अब मुलुक राजनीतिक संक्रमणकालबाट मुक्त भएको पनि बताइन् । तीनै तहको निर्वाचनमा आम मतदाताको उत्साहपूर्ण सहभागिता रहेको भन्दै राष्ट्रपतिले देशवासीलाई नै धन्यवाद ज्ञापन गरिन् ।   
राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि राष्ट्रपति भण्डारीले पहिलो पटक प्रतिनिधि र राष्ट्रिय सभालाई संयुक्त रुपमा संवोधन गरेकी हुन् ।

संविधानको धारा ९५ ले राष्ट्रपतिले संघीय संसदमा सम्बोधन गर्ने उल्लेख गरेको छ । संविधानको धारा ९५ को उपधारा १ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र सदस्यको उपस्थितिका लागि आह्वान गर्न सक्नेछ, भनिएको छ ।

उपधारा २ ले प्रतिनिधिसभाको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ, भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ