arrow

विद्यार्थीहरु आन्दोलित, सबै कलेज अगाडि चक्काजाम 

logo
प्रकाशित २०७४ चैत १६ शुक्रबार
students-union.jpg

काठमाडौं । मुलुकका ठूला तीन विद्यार्थी संगठनहरु संयुक्त रुपमा आन्दोलित भएका छन् । शिक्षा ऐनको विरोध गर्दै उनीहरु आन्दोलित भएका हुन् । 

शुक्रबार बिहान ८ बजेदेखि देशभरका कलेज अगाडि प्रदर्शन र आधा घण्टा चक्का जाम गर्ने कार्यक्रम भइरहेको विद्यार्थी संगठनहरुले बताएका छन् । 

शुक्रबार बिहान ११ बजेदेखि माइतीघर मण्डलामा वृहत प्रदर्शन र चक्काजाम गर्ने कार्यक्रम रहेको समेत विद्यार्थी नेताहरुले बताएका छन् ।  

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले बिहिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि आन्दोलनमा उत्रिएको घोषणा गरेका हुन् । 

विद्यार्थीहरुले शनिबारदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल गर्ने उद्घोषसमेत गरेका छन् । 

विद्यार्थीहरुले गत चैत १३ गते शिक्षा ऐनको नवौं संशोधन खारेज गर्न माग गर्दै शिक्षा मन्त्रीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए । 

उनीहरुले २३ गतेको परीक्षा स्थगित गर्नसमेत माग गरेका छन् । 

विद्यार्थीहरु चार दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ