arrow

‘आर्यनको एक्सन हेर्न दर्शक आउनेछन्’

दुई घण्टाको फिल्ममा दर्शकले एक्सन, प्रेम, संगीत र कलाकारको अभिनयबाट पूर्ण रुपमा मनोरञ्जन लिन सक्नुहुनेछ ।

logo
प्रकाशित २०७२ माघ २० बुधबार
Basanta.jpg.jpeg
काठमाडौं । आगामी चैत्र १२ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘आवेग’को रिलिज मितिको कुराईमा छन्, फिल्मका निर्देशक बसन्त निरौला । फिल्म ‘विजयपथ’ मार्फत निर्देशनमा डेब्यु गरेका बसन्त दोस्रो फिल्म ‘राजनीति’बाट बढी चिनिए । दोस्रो फिल्ममा चर्चित समाचारवाचिक तथा गायिका कोमल वली र महानायक राजेश हमाललाई नेताका रुपमा प्रस्तुत गरेर उनी दर्शकमाझ चिनिए । एक्सन र राजनीतिक विषयलाई दुई फिल्ममा प्राथमिकता दिएका उनले तेस्रो फिल्ममा एक्सनलाई जोड दिएका छन् । यिनै निर्देशकसँग हाम्रा कुरा डटकमले गरेको कुराकानीः–  

‘विजयपथ’ र ‘राजनीति’ भन्दा ‘आवेग’मा फरक के छ ?
त्यस्तो खासै फरक केही छैन । किनभने ‘विजयपथ’ एक्सनपूर्ण र ‘राजनीति’ राजनीतिक विषयमा आधारित थियो । ‘विजयपथ’लाई छाडेर ‘राजनीति’को कुुरा गर्दा यो फिल्मले मलाई चिनाउने काम ग¥यो । अहिले ‘आवेग’ पनि एक्सनपरक प्रेमकथाको फ्लेबरमा बनेको छ ।

‘आवेग’को अर्थ के हो ?
आवेग भनेको आक्रोश हो । काम गर्दै जाँदा काम बनेन भने या अन्य कुनै कारणले मान्छे आवेगमा आउने गर्दछ । फिल्ममा मान्छेले काम गर्दा रिसाउने र पछि पछुताउने किसिमको कथालाई प्रस्तुत गरेको छ ।

दर्शकले केका लागि फिल्म हेर्ने ?
मेरो फिल्म विशुद्ध मनोरञ्जनपूर्ण किसिमको छ । दुई घण्टाको फिल्ममा दर्शकले एक्सन, प्रेम, संगीत र कलाकारको अभिनयबाट पूर्ण रुपमा मनोरञ्जन लिन सक्नुहुनेछ ।

उसो भए फिल्ममा एक्सन हेर्नकै लागि भए पनि दर्शक आउनेछन् ?
हो, किनभने फिल्म पूर्ण रुपमा एक्सनमय छ । विशेष साउथ इण्डियन फ्लेबरको सामाजिक फिल्म बनाएका छौं । जसमा एक्सन छुट्ने कुरै हुँदैन । आवेगमा आर्यनको एक्सन हेर्न दर्शक हलसम्म आउनेछन् ।

प्रचारप्रसारको अभियानलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
हामीले चरणबद्ध रुपमा प्रचार अभियानलाई अगाडि बढाउँदैछौं । होडिङबोर्ड, टेलिभिजन प्रमोसन, पत्रकार भेटघाटलगायतका कार्यक्रमलाई निरन्तर गरिरहने योजनामा छौं ।

तपाईको फिल्मसँग अर्को फिल्म ‘राहदानी’ पनि रिलिज हुँदैछ, प्रतिष्पर्धा गर्न डर लाग्दैन ?
मलाई पटक्कै डर छैन । किनभने नेपालमा एकै दिनमा तीन चारवटा फिल्म रिलिज भईरहेका हुन्छन् । बलिउड र हलिउडका फिल्महरु हेर्दा पनि सबै त्यस्तै किसिमका हुन्छन् । हामीले दर्शकलाई दिने भनेको कन्टेन्ट हो, म मेरो कन्टेन्टमा ढुक्क छु । त्यसकारण डराउने कुरै आउँदैन ।

अबका योजना के छन् ?
अब ‘आवेग’ दर्शकलाई दिएपछि अर्को फिलम ‘होलिडे’को तयारी गरिरहेका छौं । एक्सन, सस्पेन्स र प्रेमकथाको यो फिल्म बन्नेछ । अवस्था राम्रै रहिरह्यो भने भविष्यमा फिल्म निर्माणमा पनि हात हाल्नेछु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ