arrow

कक्षा ८ को परीक्षा स्थगित

logo
प्रकाशित २०७४ चैत १६ शुक्रबार
exam-koriyen.jpg.jpeg

ताप्लेजुङ । ताप्लेजुङमा सञ्चालन भइरहेको आधारभूत तह कक्षा ८ को परीक्षाअन्तर्गत शुक्रबार हुने परीक्षा स्थगित भएको छ । 

शुक्रबार हुने पेशा व्यवसाय तथा प्रविधि विषयको परीक्षा स्थगित भएको जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले जनाएको छ । 

सदरमुकामस्थित लिटल बुद्ध बोर्डिङ स्कूलले उक्त विषयको परीक्षा बिहीबार नै सञ्चालन गरेकाले स्थगित गर्नुपरेको जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले जानकारी दिए ।

बिहीबार स्वास्थ्य तथा शारीरिक शिक्षा, नैतिक शिक्षा विषयको परीक्षा हुने कार्यतालिका थियो । निरौलाका अनुसार पेशा व्यवसाय तथा प्रविधि विषयको अर्को प्रश्न पत्र तयार गरी चैत २० गते बिहान ११ बजे परीक्षा सञ्चालन गर्ने तयारी भएको छ भने लिटल बुद्ध बोर्डिङ स्कूलमा स्वास्थ्य तथा शारीरिक शिक्षा नैतिक शिक्षा विषयको समेत नयाँ प्रश्न पत्र बनाई चैत १८ गते परीक्षा लिइनेछ । 

बाँकी विषयको परीक्षा भने कार्यतालिकाअनुसार नियमित हुने जनाइएको छ । 

जिल्लाका सबै विद्यालयमा एकै प्रकारको प्रश्नपत्र तयार गरी चैत ८ गतेदेखि सञ्चालन भइरहेको परीक्षा चैत १७ गते सम्पन्न हुने कार्यतालिका थियो । 

यता लिटल बुद्ध बोर्डिङ स्कूलले भने भुलबस शुक्रबार हुने विषयको परीक्षा बिहीबार हुन गएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ