बेपत्ता पारिएका र सत्य निरुपणसम्बन्धी अध्यादेश स्वीकृत
प्रकाशित २०७४ चैत १६ शुक्रबार
312
Shares
काठमाडौँ । प्रतिनिधिसभाले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४” लाई स्वीकृत गरेको छ ।
संसद्को शुक्रवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।
त्यस्तै बैठकमा आजै गृहमन्त्री रामबहादुर थापाले बैठकमा “राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४” प्रस्तुत गरे भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४” प्रस्तुत गरे।
उक्त अध्यादेशहरु यसअघि व्यवस्थापिका–संसद् नभएको अवस्थामा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको थियो । संसद्को अर्को बैठक चैत १९ गते दिउँसो १ बजे बस्नेछ ।