arrow

काँग्रेस अधिवेशनः एउटै वडामा दुई निर्वाचन अधिकृत र दुई चुनाव

सिराहाको अधिवेशनमा कहाँ–कहाँ कसरी भयो विवाद?

logo
एसके यादव।
प्रकाशित २०७२ माघ २० बुधबार
13th-congress.png.png.png.png
लहान । सिराहामा नगरपालिकाको वडा स्तरीय काँग्रेस अधिवेशनमा निर्वाचन अधिकृतको कारणले त कतै केन्द्रले मतदाता सम्बन्धीको निर्णयले विवाद देखिएको छ। मिर्चैया नगरपालिकाको वडा नम्बर २ र गोलवजार नगरपालिकाको वडा नम्बर १२ मा विवाद भएको हो। वडा स्तरमा खटाइएको निर्वाचन अधिकृतले आफ्नो मान्छेलाई क्षेत्रिय प्रतिनिधि र वडा सभापति बनाउनमा लागेपछि यस्तो भएको हो। केन्द्रले सिरहामा खटाएका मुख्य निर्वाचन अधिकृत राजनप्रसाद दाहालले जिल्ला सभापतिसँग कुनै सल्लाहै नगरी निर्वाचन अधिकृत वडा खटाइएपछि झन विवाद भएको छ। दाहालका निर्वाचनमा सहयोगका लागि शिक्षकसंघको सभापतिसँग सल्लाह गरेको बताएका छन्। शिक्षकले आफ्नो इच्छाले ठाउँ छनौट गरी निर्वाचन अधिकृत बनेर गएका थिए। 
 
सिराहमा उत्पन्न भएको विवादलाई सांसदहरुको वैठकबाट उत्पन्न भएको टुङ्गो लगाउने मुख्य निर्वाचन अधिकृत दाहालले बताए। केही ठाउँको अधिवेशनमा विवाद भएको कुरा वाहिर आएको उनले बताए। निर्वाचन अधिकृत दाहालले निर्वाचन निर्देशिका र काँग्रेस जिल्ला समितिको समन्वयमा विवाद समाधानको प्रयास भइरहेको बताए।  वडाको विवाद समाधान नभएसम्म नगरको अधिवेशन गर्न नमिल्ने सिरहा सभापति सितादेवी यादवले तर्क गर्छिन। उनले जति सक्दो यस्तो विवाद मिलाउनु पर्ने बताइन।
 
गोलबजार नगरपालिकामा कस्तो विवाद छ?
गोलबजार नगरपालिका १२ वेतौनामा जम्मा ५५ जना काँग्रेसका क्रियाशिल सदस्यहरु छन्। त्यसमध्ये काँग्रेस जिल्ला सदस्य माधव यादव र श्यामसुन्दर पाल, रामनारायण महतो तथा रामनारायण सिंह दुई समुह विभाजन भएको छ। यहाँ अधिवेशन गराउन निर्वाचन अधिकृतको रुपमा सोही ठाउँका शिक्षक श्रीराम गडेरी गएका थिए।
 
वडा अधिवेशन तोकिएको दिन माघ १७ गते सबैको भेला भएको थियो। उपस्थितीमा सबै सदस्यहरुले हस्ताक्षर पनि गरे। प्रतिनिधि छनौटको क्रममा दुई समुहमा कुरा नमिलेपछि निर्वाचन अधिकृतले १८ गते फेरि छलफल गर्ने भनेर अधिवेशन सकियो। तर, तिनै अधिकृतले रातमा श्यामसुन्दर पालको समुहलाई प्रमाणपत्रसहित प्रतिनिधि छनौट गरेका थिए। यसको पक्षमा २६ जना सदस्यहरु छन्। 
 
त्यसमध्येका काँग्रेस छाडेका जोगिन्द्र पालले राष्ट्रिय जनता दल प्रजातान्त्रिकबाट समानुपातिक उम्मेदवार र सुर्यकला देवी र सुमित्रा पालले राष्ट्रिय जनता दलबाट समानुपातिक उम्मेदवार भएका थिए। तर, उनीहरुको समेत मतदाता नामावलीमा नाम आएकोले अधिवेशन प्रभावित बनेको छ। 
 
यता १८ गते विहान वडा अधिवेशन भइसकेको थाहा पाएका जिल्ला सदस्य माधव यादवको नेतृत्वमा रहेका कार्यकर्ताहरुले जिल्ला निर्वाचन अधिकृतलाई उजुरी दिएका छन्। अधिवेशन गराउन आएका मतदान अधिकृत श्रीराम गडेरीले एकपक्षिय रुपमा भेला गराई अधिवेशन गराएको यादवका समुहले आरोप लगाएका छन्। यस समुहमा वडाका २९ जना क्रियाशिल सदस्यहरु छन्।
 
सिराहा नगरपालिकामा के छ ?
सिरहा नगरपालिका १० भलुवाहीमा क्षेत्र नम्बर ३ का कोषाध्यक्ष जुगल किशोर कामतीको नेतृत्वमा पार्टी परित्याग गरी संघिय समाजवादी फोरम नेपालमा गएकाहरु पुनः पार्टीमै फर्किएका छन्। पार्टीमा फर्किनेहरुमा रिमा कामती, मदन कुमार कामती, राजेश्वर कामती, बाबुराम कामती, रामदेव कामती, कामेश्वर कामती र विशेश्वर कामती रहेका काँग्रेस महाधिवेशन प्रतिनिधि धनिराम मुखियाले जानकारी गराएका छन् । 
 
जुगल बाहेक सबै फर्किएका छन्, विशेश्वर जुगलको छोरा हुन्। १३ औँ महाधिवेशनका लागि मतदाता नामावलीमा उनीहरुको नाम पठाएकोले यस्तो विवाद देखिएको उनले बताए। यिनीहरु पुनः पार्टीमा किन आएको हो भन्ने विषय शंकाको भएको उनले बताए।
 
मिर्चैया नगरपालिकामा यस्तो ?
मिर्चैया नगरपालिका वडा नम्वर २मा पनि काँग्रेस क्रियाशिल सदस्यहरु पनि दुई समुहमा विभाजन देखिएका छन्। यहाँ दुई समुहको अलग अलग अधिवेशन भएको छ। पहिले तय भएको निर्वाचन अधिकृत समयमा नआएपछि अर्को निर्वाचन अधिकृत आएका थिए। ति निर्वाचन अधिकृतले वडा अधिवेशन गरेर गएपनि त्यसमा एउटा समुह मात्रै सहभागि थिए। त्यसपछि फेरि पहिलेको निर्वाचन अधिकृत आएर असन्तुष्ट रहेका समुहलाई अधिवेशन गराए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ