arrow

सोनी च्यानलमा कपिलको नयाँ कमेडी शो

गुत्थीले कार्यक्रमको नाम पुरानै हुनेछ या नयाँ हुनेछ भन्ने कुरा चाहिँ केही खुलाएका छैनन् ।

logo
प्रकाशित २०७२ माघ २० बुधबार
Kapil-Sharma.jpg.jpeg
मुम्बई । कमेडियन कपिल शर्मा र उनको टिमले चाँडै नै सोनी च्यानलमार्फत आफ्नो चर्चित कमेडी रियालिटी शो दर्शकलाई दिनेभएका छन् । ‘कमेडी नाइट विद कपिल’का गुत्थी अर्थात सुनिल ग्रोवरले सामाजिक सञ्जालमा कपिल र सुनिल चाँडै नै सोनीमा कमेडी स्टाइलमा देखिने भन्दै सूचना चुहाएका छन् ।

कलर्स च्यानलमा प्रसारण भईरहेको चर्चित कार्यक्रम ‘कमेडी नाइट्स विद कपिल’ गत महिना अचानक बन्द भए पछि यो कार्यक्रमको फ्यानहरु नयाँ शोको प्रतिक्षामा छन् । गुत्थीले कार्यक्रमको नाम पुरानै हुनेछ या नयाँ हुनेछ भन्ने कुरा चाहिँ केही खुलाएका छैनन् । 

त्यसो त यसअघि कपिलले पनि सोनी च्यानलमा आउनसक्ने संकेत दिएका थिए । जुन बेला उनले सोनी च्यानलको फिल्म फेयर अवार्ड होस्ट गरेका थिए । यो कुराको कलर्सका सिईओ राज नाइकले आफ्नो च्यानलमा काम गरेर प्रतिद्वन्द्वीको च्यानलमा होस्ट गरेको कुरा प्रति आपत्ति जनाएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ