arrow

पाल्पा कारागारबाट २ परिक्षार्थीले एसईई दिदै

logo
सीता डोटेल,
प्रकाशित २०७४ चैत १७ शनिबार
SEE.JPG

पाल्पा । विभिन्न अभियोगमा पुर्पक्षका लागि पाल्पा जिल्ला कारागारमा रहेका दुई जना परिक्षार्थीले यस बर्षको एसईई परिक्षा दिएका छन् । विभिन्न अपराध तथा कसुर सजाय अन्तर्गत अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका बिमल बौडेल र विश्वास गुरुङ्ग कारागारबाट परिक्षामा सहभागी भएका हुन् ।

बौडेल दमकडा माबि परीक्षा केन्द्र र गुरुङ्ग न्यु होराइजन मावि परीक्षा केन्द्रका बिद्यार्थी रहेको जिल्ला शिक्षा अधिकारी संगिता रेग्मीले जानकारी दिए । उनीहरुले चैत ८ गतेदेखि शुरु भएको एसईई परीक्षामा कारागारबाट बिशेष सुरक्षाका चेकजाचका साथ मर्यादित वातावरणमा परीक्षा दिएको जिल्ला शिक्षा कार्यालय पाल्पाका शाखा अधिकृत तथा सुचना अधिकारी महेन्द्र सुवेदीले बताए । बौडेल शारदा माबि र गुरुङ्ग जनता मावि खुला बिद्यालय अन्तर्गतका विद्यार्थी हुन् ।

त्यस्तै पाल्पामा दमकडा माविका ५ जना दृष्टिबिहिन बिद्यार्थी यस बर्षको एसईई परीक्षामा सहभागी भएका छन् । उनीहरु शारदा माबि मदनपोखरा परीक्षा केन्द्रमा परीक्षामा सहभागी भएको सुचना अधिकारी सुवेदीले जानकारी दिए ।

जिल्लामा यसबर्ष २५ परिक्षा केन्द्रमा शान्त मर्यादित वातावरणमा परिक्षा संचालन भइरहेको जिल्ला शिक्षा कार्यालय पाल्पाले जनाएको छ । पाँच हजार ५८ जना विद्यार्थीमध्ये नियमिततर्फ ३६  जना र एक्जाम्टेड तर्फ ४६ जना विद्यार्थी अनुपस्थित रहेका छन् । जसमध्ये ३ परीक्षा केन्द्र रहेको रामपुर नगरपालिकामा पनि शान्त र मर्यादित वातवरणमा परिक्षा चलिरहेको छ । ३ परीक्षा केन्द्रका ८ सय ५० जना परिक्षार्थीमध्ये पाँच जना विद्यार्थी अनुपस्थित छन् भने अन्यले निर्वाध रुपमा परीक्षा दिइरहेको रामपुर नगरका शिक्षा अधिकृत रमाकान्त अर्यालले बताए । रामपुर सहित पाल्पाका सबै स्थानिय तहमा शान्त, मर्यादित र अनुशासित रुपमा विद्यार्थीले परिक्षा दिइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ