arrow

कांग्रेसलाई लोकप्रिय पार्टी बनाउँछौं

logo
कुमोद अधिकारी
प्रकाशित २०७२ माघ २० बुधबार
congress-flag.jpg.jpeg
विराटनगर । नेपाली कांग्रेस विराटनगर उपमहानगरपालिका भित्रका विजयी उम्मेद्वारहरुले प्रमाणपत्र पाएका छन् । नेपाली कांग्रेस पार्टी कार्यालयमा एक कार्यक्रमबीच विजयी उम्मेद्वारहरुलाई प्रमाणपत्र वितरण भएको हो । विजयी उम्मेद्वारहरुलाई नेपाली कांग्रेस मोरङका जिल्ला सभापति अमृत अर्याल र नगर निर्वाचन अधिकृत रुपेश कोइरालाले संयुक्त रुपमा प्रमाणपत्र वितरण गरे । नगर सभापतिका विजयी  भीम पराजुली, सचिव प्रकाश दाहाल, कोषाध्यक्ष सन्तोष अधिकारीलाई प्रमाणपत्र वितरण भयो । 
 
त्यस्तै,  नगर सदस्यमा विजयी  निरज कोइराला, प्रविण जोशी, विमल ढकाल, अरुणकुमार न्यौपाने, लक्ष्मी भट्टराई क्षेत्री, अशोकराज विष्ट, असिम ढुंगेल र कृष्णबहादुर काप्mलेलाई प्रमाणपत्र पाएका छन् । कार्यक्रममा विजयी उम्मेद्वारहरुले पार्टीको नीति, नियममा रहेर कांग्रेसलाई लोकप्रिय पार्टी बनाउन अगाडि बढ्ने बताए । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन माघ २२ गते र जिल्ला अधिवेशन माघ २५ गते हुँदैछ । त्यस्तै, राष्ट्रिय महाधिवेशन फागुन २० देखि २३ गतेसम्म राजधानीमा हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ