arrow

स्थानिय तहको सक्रियताले थप मर्यादित बन्दै एसईई

पहिलो पटक स्थानिय निकायको एसईईमा जिम्मेवारी

logo
सीता डोटेल,
प्रकाशित २०७४ चैत १७ शनिबार
see_(3).jpg

पाल्पा । यस बर्षको माध्यामिक शिक्षा परीक्षा शनिवारदेखि सकिएको छ । गत चैत्र ८ बाट सुरु भएको परीक्षा अन्तर्गत प्राविधिक बिषयको बाहेकको शनिबार सकिएको हो । प्राविधिक तर्फको परीक्षा भने आउदो मंगलबार सकिनेछ । शिक्षाको अधिकार स्थानिय तहमा आए संगै भएको यसईई परीक्षा पाल्पामा शान्त र मर्यादित वातावरणमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालय पाल्पाले स्थानिय तहले परीक्षालाई थप महत्व दिई अनुगमन र सहयोग गरेका कारण माध्यमिक शिक्षा परीक्षा पाल्पामा मर्यादित वातावरणमा सम्पन्न भएको जानकारी दिएको छ । जिल्ला शिक्षा कार्यालय पाल्पाका शाखा अधिकृत तथा सुचना अधिकारी महेन्द्र सुवेदीले यस वर्ष परीक्षा विगतमा भन्दा फरक ढंगले संञ्चालन भएको बताए । उनले स्थानिय तहले पनि अत्यन्तै महत्वका साथ लिएकाले परीक्षा शान्त र बालमैत्री वातावरणमा भएको बताए । शिक्षाको अधिकार स्थानिय तहमा गए संगै माध्यमिक शिक्षा परीक्षा एसईई माथि धेरैले आशंका गर्ने ठाउँ थियो सुवेदीले भने –तर स्थानिय तहको सक्रियताले परीक्षा झनै मर्यादित भयो । परीक्षा अवधि भर कुनै अप्रिय घटना नभएको उनले बताए ।

२५ परीक्षा केन्द्र रहेको पाल्पाको एसईई परीक्षामा जिल्लाका १० वटै स्थानिय तहले आफ्ना तहमा रहेका परीक्षा केन्द्रको टोली नै बनेर अनुगमन निरीक्षण गरेको थियो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले शिक्षा क्षेत्रलाई हेर्ने अधिकार स्थानिय तहमा आएकाले परीक्षालाई मर्यादित बनाउन स्थानिय तह जिम्मेवारका साथ लागेको बताए । रामपुर नगरपालिकामा पनि अन्य स्थानीय तहमा जस्तै अनुगमन समिति गठन गरि निरिक्षण गरेको बताए । परीक्षा मर्यादित सँगै अब शैक्षिक गुणस्तरमा पनि स्थानिय तह लाग्ने रामपुर नगरपालिकाका उपप्रमुुख बिष्णुदेवी आचार्य घिमिरेले बताइन् ।

त्यस्तै रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं केन्द्राध्यक्ष बालकृष्ण लम्सालले स्थानिय तहले चालेको कदमले शिक्षा क्षेत्र स्थानिय तहमा गएपनि शिक्षाको स्तर घट्दैन भन्ने प्रमाणित यो पटकको एसईईले गरेको बताए । स्थानिय तहको सक्रियताले परीक्षा मर्यादित बनाउने मात्रै नभई समग्र शिक्षाको स्तर सुधार गर्न समेत सहयोग गर्ने नगर शिक्षा प्रमुख रमाकान्त अर्यालले बताए ।

पाल्पामा यसबर्ष ४ हजार ९ सय ७६ जना बिद्यार्थी एसईईमा सहभागी थिए । पहिलो दिनको परीक्षा दिएको जिल्ला शिक्षा कार्यालय पाल्पाले जनाएको छ । नियमित तर्पm ४ हजार ९ सय ४६ बिद्यार्थी र एक्जाम्टेड तर्फ १ सय १२ बिद्यार्थी सहभागी थिए । जसमध्ये ८२ बिद्यार्थी अनुपस्थित रहे ।

पाल्पाबाट यसबर्ष दम्कडा माध्यामिक विद्यालयबाट ५ जना दृष्टिबिहिनले परीक्षा दिएका छन् भने जिल्ला कारागारबाट २ जना परीक्षार्थीले परीक्षा दिएका छन् ।  जिल्लाका १ सय ३२ विद्यालयबाट परीक्षामा बिद्यार्थीको सहभागीता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ