arrow

नेपाली यू–१९ टोली कप्तान राजुबारेको अफवाह मेटियो, बाँकी खेल खेल्न योग्य : आइसीसी

फट्याइँ गर्ने पवार जिल्ल

logo
प्रकाशित २०७२ माघ २० बुधबार
nepali-tim-&-raju.jpg.jpeg
काठमाडौं । बंगलादेशमा जारी आइसीसी यू–१९ विश्वकप खेलिरहेको नेपाली टोलीका कप्तान राजु रिजालबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले आफ्नो धारणा सार्वजनिक गरेको छ । भारतीय क्रिकेटर र केही संचार माध्यमले राजु रिजालको उमेरको सम्बन्धमा अफवाह फैलाएपछि नेपाल क्रिकेट सघं क्यानकोे पहलमा आइसीसीले राजु रिजालको जन्म दर्ता को प्रमाण–पत्र र पासपोर्ट जाचँ गरेको थियो । जाचँबाट राजु रिजालले आफ्नो उमेर नलुकाएको प्रष्ट भएको छ । 
 
आइसीसीले मंगबार प्रेस विज्ञप्ती  निकालेर भनेको छ, ‘हामीले बाहिर आएको हल्ला लाई मध्य नजर गर्दै  नेपाल क्रिकेट सघं र टिम व्यवस्थापकको सहयोगमा प्रतियोगिताको लागि पेश भएको नेपाली कप्तान राजु रिजालको नेपाल सरकारले जारी गरेको पासपोर्ट र जन्मदर्ता राजु को जन्म सन् १९९६ सेप्टेम्वर २६ मा भएको हो ।’ सेप्टेम्वर वा सेप्टेम्वर पछि जन्मेको खेलाडीले १९ वर्ष पूरा भएपनि थप १ वर्ष प्रतियोगिता खेल्न पाउने छ–भनिएको छ । आइसीसीले विज्ञप्तीमा राजुबारे फैलाइएको भ्रमको खण्डन समेत गरेको छ । भारतीय खेलाडी कस्तुप पवारले आफ्नो फेसबुक अकाउन्टमा राजुको फोटो सहित राजुसंग आफु पहिलेसंगै खेलेको र राजुको उमेर करिब २४–२५ वर्ष भएको अफवाह फैलाएका थिए । 
 
 



नयाँ