arrow

आयुर्वेदिकमा आकर्षण बढाउदै भीरकोट

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ चैत १७ शनिबार
aaurbed.JPG

स्याङ्जा । आयुर्वेदिक औषधीमा नागरिकको चासो कम हुन थालेपछि भीरकोट नगरपालिकाले आयुर्वेदिक शिविर राखेर सचेतना फैलाउने काम गरेको छ । पछिल्लो समय यल्लोपेथिक तर्फ नागरिकको चासो बढ्न थालेपछि नगरपालिकाले आयुर्वेदिक औषधी सेवन गर्नका लागि यो सचेतना शिविर आयोजना गरेको हो । ढिलो गरी स्वास्थ्यलाई ठिक पार्ने गरेपनि नागरिकलाई छिटो सन्चो हुनुपर्ने तर्फ नागरिकहरु अत्यन्तै बढी यलोपेथिक तर्फ लाग्न थालेको आयोजकले जनाएको छ ।

यलोपेथिक तर्फ नागरिक आर्कषण हुन थालेपछि आयुर्वेद औषधालयहरुमा विरामी आउन छाडेका छन् । जसले गर्दा आयुर्वेदमा नागरिकको विश्वास घट्ना थालेको छ । नागरिकलाई आयुर्वेद औषधीको माध्यमबाट आयु बढाउन भीरकोट नगरपालिकाले यो शिवरको आयोजना गरेको हो । घरमै उत्पादन गर्न सकिने आयुर्वेद औषधी नागरिकले महगो औषधीमा आर्कषण बढ्न थालेपछि अनेकथरी रोग आउनुको कारण यलोपेथिक औषधी रहेको आयोजकको दावी छ ।

शिविरको उदघाटन गर्दै जिल्ला न्यायधिस रमेशकान्त अधिकारीले आयुमा वृद्धि गर्नु र रोगको निवारण गर्नु आयुर्वेद प्रयोजन गर्नु हो भन्ने धारणा राखे । यलोपेथिक औषधी कम्पनीले निशुल्क दिने भएकाले निशुल्न दिन सकिने भएपनि आयुर्वेद औषधी भने निशुल्क नपाईने बताउदै न्यायधिस अधिकारीले भीरकोट नगरवासीलाई यो शिविरमा औषधी समेत निशुल्क वितरण गरेकोमा धन्यावाद दिए ।

भीरकोट नगर प्रमुख छाँयाराम खनालले हामीले खाने खानेकुराबाटै रोग निम्ताउने गरेको बताउदै यलोपेथिक औषधीमा भन्दा आयुर्वेदिक औषधीमा विश्वास गर्न आग्रह गरे । नगरपालिकालाई स्वास्थ्यमैत्री बनाउने अभियान नगरपालिकाले लिएको पनि नगरप्रमुख खनालले बताए । आयुर्वेद औषधी चिकित्सा शास्त्रमा समेत राम्रो र प्राकृतिक औषधीका रुपमा लिने गरिएको खनालको भनाई छ । भीरकोट नगरपालिकालाई प्राकृतिक औषधीको सेवन गर्ने एक मात्र नगरपालिका बनाउने धेय हाम्रो रहेको खनालले बताए ।

 आयुर्वेद शिविरमा भीरकोट नगरपालिकाका करिव ८ सय नगरवासीले सेवा लिएका थिए । स्याङ्जामा पहिलो पटक आयुर्वेदिक शिविर आयोजना गरिएको हो । उदघाटन शिविरको संचालन खेमनारायण देवकोटाले गरेका थिए भने स्वागत भीरकोट उपप्रमुख शिमा केसी कर्मचार्यले गरेकी थिइन् ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ