arrow

गोविन्द केसी माथिल्लो डोल्पामा, घरघर पुगेर उपचार गर्दै

logo
प्रकाशित २०७४ चैत १७ शनिबार
govinda-kc.jpeg

डोल्पा । डा गोविन्द केसी स्थानीयवासीलाई घरघरमै उपचार सेवा प्रदान गर्न डोल्पाको माथिल्लो धो तराप उपत्यकामा आइपुगेका छन् । स्थानीयवासीलाई हाडजोर्नीदेखि अन्य जाँच गर्न आफू उक्त वस्तीमा आइपुगेको डा केसीले जानकारी दिए ।

माथिल्लो डोल्पामा रहेका वृद्धदेखि अन्य बिरामीसम्मले सहजै स्वास्थ्य उपचार नपाउने र निकै भारी काम गर्नुपर्ने भएकाले हड्डीसम्बन्धी समस्या धेरै नै खेप्नुपर्ने भएकाले आफूले माथिल्लो डोल्पाको धो नै रोजेको बताए ।  करिब ४ हजार मिटरको उचाइमा रहेको डोल्पो बुद्ध गाउँपालिकाको धोका स्थानीयबासीलाई घरमै उपचार गर्न औषधिसहित डा केसी यहाँ आइपुगेका हुन् ।  

जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरुको सहयोगमा डा केसीले तीन दिनसम्म त्यहाँ बसी स्थानीयवासीको उपचार गर्ने जनाइएको छ ।  स्वास्थ्य क्षेत्रका सामान्य कर्र्मचारी पनि नदेखेका स्थानीयवासीले हाडजोर्नीका विशेषज्ञ घरमै पाउँदा भगवान नै पाएको अनुभुति गरेको स्थानीय अगुवा छिरिङफुर्वा गुरुङले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ