arrow

बाजुरा काँग्रेसको गाउँदेखि जिल्लासम्म युवा नेतृत्व हाबी हुने सम्भावना

को को हुँदैछन उमेद्वार?

logo
प्रेम रौले।
प्रकाशित २०७२ माघ २० बुधबार
13th-congress.png.png.png.png
बाजुरा। नेपाली काँग्रेको तेह्रौ महाधिबेशन तथा छैटौं जिल्ला अधिबेशनको पूर्व सन्ध्यामा प्रत्येक जिल्लाका गाउँदेखि जिल्लामा नयाँ युवा पुस्ताको नेतृत्वको हाबी हुने देखिएको छ। नेपाली काँग्रेस बाजुराको सन्दर्भमा जिल्लाका २४ गाविस र १ नगरपालिकाको अधिबेशनमा पनि नयाँ पुस्तालाइ नेतृत्व हस्तान्तरण भएको छ। दक्षिणको काँडा गाविसदेखि उत्तरको विछ्या गाविससम्म अबको छैटौं जिल्ला अधिबशनका लागि युवाहरुको अनुहार देखिन थालेको छ।
 
देशकै ठुलो पार्टी नेपाली काँग्रेस बाजुराको छैटौ जिल्ला अधिबेशनका लागि जिल्लामा क्रियाशिल सदस्हरु मध्ये नै युवाहरुको नेतृत्व लिनका लागि दौडधुपमा लागेका छन्। अहिलेको अवस्थामा पुराना नेताहरुलाई नेतृत्व दिनु भन्दापनि युवाहरुलाई नेतृत्व हस्तान्तरणमा लागि रहेको नेपाली काँग्रेसका पार्टी सभापति मन बहादुर रावलले बताए। उनले अहिलेको अवस्थामा युवाहरुलाइ निर्देशन गरी पाटीलाइ सही बाटोमा लैजानका लागि आफुहरुको भुमिका रहेने भएकाले अवको छैटौ जिल्ला अधिबेशनबाट युवाहरुको नेतृत्व हुनुपर्ने बताएका छन्।
 
पार्टीको छैटौ जिल्ला अधिबेशनमा जिल्लाको नेतृत्व लिनका लागि भने कुनै पनि खेमा देखिएका छैनन्। तर एक स्रोतका अनुसार भने पाटी दुई खेमामा विभाजित भएको छ। पार्टीलाइ कसरी सक्षम र बलियो बनाएर लैजाने भन्ने बारेको चासो रहेको भएपनि यता कार्यकर्ताहरु भने संस्थापन र बरिष्ठ नेता देउवामध्ये कसलाइ जिताउने भन्ने बारेमा प्रचार प्रसार गरिरहेको एक स्रोतले जनाएको छ। पार्टीको आन्तरिक तयारी अहिले कसलाई जिल्ला सभापति बनाउने भन्ने होडबाजी चल्न सुरु भएको बताइएको छ। अहिलेको जिल्ला अधिबेशनमा पार्टी सभापति र सचिव र कोषाध्यक्षका लागि भने युवाहरुको उम्मेद्धारी दिने निश्चित भएको पाइन्छ। जिल्लामा पार्टी सभापतिका लागि बर्तमान सभापति मानबहादुर रावल, कविराज पण्डित, रामसिंह रावल र पदम शाही आकाँक्षी रहेका छन् भने पार्टी सचिवका लागि युवा नेता दिपक विक्रम शाह, नारायण पाध्याय रहेका छन्। त्यस्तै कोषाध्यक्षका लागि दिपा बोहरा खुला रुपमा प्रचार प्रसार गर्दै आइरहेकी छन्।
 
यस्तै नेपाली काँग्रेसको तेह्रौ महाधिवेशनका लागि महाधिबेशन प्रतिनिधीमा पुर्व सभासद देवराज जोशी, जनकराज गिरी, महा नेपाली, चक्र बहादुर शाह,पदम गिरी, धनराज पण्डित, वीर बहादुर कटुवाल लगायतका आकांक्षी रहेका छन्। यस्तै महासमिति सदस्यमा जुना दानी, विद्या तिमिल्सेना लगायतको उम्मेद्धारी रहेको छ।
 
जिल्लादेखि केन्द्रमा नेपाली काँग्रेसको नेतृत्वमा किन र केका लागि?
मन बहादुर रावल
नेपाली काँग्रेसका बर्तमान सभापति मन बहादुर रावल नेपाली काँग्रेस बाजुरामा स्थापना भएदेखि हालसम्म नेतृत्व सम्हाल्दै आइरहेका छन्। उनले काँग्रेस बाजुराका लागि जनआन्दोलन लगायतका कार्यमा अगाडी बढ्दै आइरहेको एक प्रखर व्यक्तिका रुपमा परिचित रहेका छन् । उनले २०७० सालको निर्वाचनमा पनि प्रत्यक्ष तर्फका एक सफल र योग्य उम्मेद्धार हुन् । उनको अहिलेको नेतृत्वका लागि काँग्रेसको चुनावी दौडधुप गर्दै आइरहेका छन् ।
 
कविराज पण्डित
नेपाली काँग्रेसका अहिलेका युवा नेता तथा प्रखर व्यक्ति कविराज पण्डित अहिलेको नेतृत्वका सफल उम्मेद्धार रहेका छन्। उनले भने आफ्नो नेतृत्व आएमा पार्टीलाइ सुदृढीकरण गरी लैजाने, पार्टी कमजोर भएकाले संगठित गर्ने नयाँ नेतृत्वमा एकता,समन्वय र सहमतिमा पार्टी सञ्चालन गर्ने, निणर्य मात्र भन्दा सफल कार्यान्वयनमा लैजाने उनका सवाल रहेका छन्। नेपाली काँग्रेस जिल्ला उपसभापति समेत रहेका पण्डित अहिले सभापतिका सवल उम्मेद्धार रहेको विभिन्न फोरममा घोषणा गरिसकेका छन्।
 
रामसिं रावल
०६२।०६३ नेपाली जन आन्दोलनमा लोकतान्त्रिक गणतन्त्रका लागि राजसंस्थालाई हटाउनका लागि आन्दोलनमा घाइते भएका रावल अहिले जनताको माझमा उभिन सफल भएका छन्। उनी नेपाली काँग्रेसको नया नेतृत्वका लागि भन्दा पनि पार्टीका शिर्ष नेताहरुसंग छलफलपछि मात्र उम्मेद्धारीको घोषणा गर्ने भएका छन्। उनले नेपाली काँग्रेसमा गरेको योगदानको बारेमा कार्यकर्ता चर्चा गर्दै आएका भएपनि उनी सबैको मनसाय बुझेर मात्र अगाडी बढ्ने भएका छन्। अहिलेको अवस्थामा उनी सवल र सक्षम नेतृत्व सम्हाल्ने व्यक्ति मध्ये एक हुन्।
 
पदम शाही
नेपाली काँग्रेसमा ०४८ साल देखि ०७० सालसम्म क्रियाशिल रुपमा राजनितक जीवन नै दान दिन सक्षम एक कुशल नेतृत्वकर्मीका रुपमा परिचित छन्। उहाँ अहिले नेपाली काँग्रेसको छैटौं जिल्ला अभिधबेशनमा पार्टी सभापतिका लागि उम्मेद्धार भएको गाउँ तहका विभिन्न फोरमहरुमा प्रचार गर्दै आएका छन्। उनी नेपाली काँग्रेसको नेतृत्व पाएपछि पार्टीको संगठन सुदृढीकरण गर्दै जाने पार्टीको संगठन विस्तार र कार्यकर्ता प्रशिक्षण गर्दै नेपाली काँग्रेसलाइ स्थापित गर्ने उनको लक्ष्य रहेको छ। तर यता जिल्लामा रहेका केही कार्यकर्ताहरुले भने ०७० को दोस्रो चुनावमा टिकट नदिएको भन्दै ढुंगा मुढा गरेर असन्तुष्ट भएका शाही त्यति वेला नै नेपाली काँग्रेस परित्याग गरी एनेकपा माओबादीकोले मन्त्री बनाइदिने आश्वासन दिएपछि काँग्रेस छोड्दै एमाओबादीमा प्रबेश गरेका थिए। त्यहा कुनै स्थान नभएपछि पुछुताएर फेरी काँग्रेसमा नै प्रबेश गरी पार्टीले नै पुरानो क्रियाशिल खारेज नगरी नविकरण गरेपछि उनी सभापतिका उम्मेद्धार भएका हुन्। तर उनी क्षमता योग्यता भएका र कार्यकर्ताको मुल्याङ्कन अनुसार अगाडी बढ्ने भएका छन्।
 
पार्टी सचिव
विद्याथी कालदेखि नै राजनितिक गर्दै आएका युवा नेता तथा अहिलेका प्रखर व्यक्ति दिपकविक्रम शाह भने नेपाली काँग्रेसको पार्टी सचिवका लागि प्रचार प्रसार खुलायाममा गर्दे आएका छन्। उनले सानै उिमेर देखि सुरु गरेको राजनितिक पछि अहिले जिल्लाको नेतृत्व लिनका लागि अग्रसर हुदै आएका छन्। उनी पार्टी सचिवका उम्मेद्धार शाह संगठनलाइ सुदृढीकरण गर्दै अगाडी बढ्ने, योग्य र युवाहरुलाइ सिप सिकाउन लाग्ने, पार्टी सशक्तिकरण गरेर लैजाने लक्षमा रहेका छन्। अहिलेको अवस्थामा भने पार्टी सुदृढीकरणका लागि भने युवाहरुको नेतृत्व हुनुपर्ने भन्दै प्रचार प्रसारमा रहेका छन्। अहिलेसम्म पार्टी सचिवका लागि भने एक जना मात्र मैदानमा देखिएका छन्। 
 
महाधिबेशन प्रतिनिधिमा को को हुन् ?
नेपाली काँग्रेसका नेता तथा पुर्व सभासद समेत रहेका जोशी शिक्षक पेशालाइ छोडी नेपाली काँग्रेसको राजनितिकमा प्रवेश गरेका थिए। ०४० सालको आम निर्वाचनपछि उनी राजनितिमा प्रबेश गरेका जोशी अहिले आएर पुर्व सभासद भइसकेका छन्। उनी अबको राजनितिक आफ्ना लागि भन्दा पनि पार्टीलाइ सही बाटोमा लिने दृढता राखेका छन्। उनी महाधिवेशन महासमिति हुदै केन्द्रीय सदस्यका उम्मेद्धारी दिने भएका छन्। अव केन्द्रीय तहमा निती निर्माण र पार्टी सदृढीकरणमा भुमिका महत्वपूर्ण हुने देखिएको छ।
 
यस्तै नेपाली काँग्रेसका नेता तथा पुर्व भुमिसुधार सहायक राज्य मन्त्री रहेका जनकराज गिरी पनि महाधिबेशन प्रतिनिधी पछि केन्द्रीय सदस्यका उम्मेद्धारी दिने भएका छन्। पार्टीको निती र विधानका अनुसार केन्द्रीय राजनितिक अगाडी बढाउने भएका छन्। उनले जिल्लाको विकासका लागि बारम्बार पहल कदमी चाल्दै आइरहेका छन्। ०४२ सालदेखि राजनितिक सुरु गरेका गिरी अहिले केन्द्रीय तहमा नेतृत्व लिनका लागि अग्रसर देखिएका छन्। त्यस्तै नेपाली काँग्रेसका नेता तथा पुर्व सभासद महा नेपाली पनि महाधिबेशन प्रतिनिधीसंगै दलित तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्धारी दिने भएका छन्। नेपाली ०४६ सालदेखि राजनितिक गरेका ०५६मा वडा अध्यक्ष हुदै पार्टीको जिल्ला सदस्य र दलित संघको केन्द्रीय सदस्य र दलित नेटवर्क जिल्ला अध्यक्ष समेत बनेका थिए भने ०६४ सालको संविधान सभाको समानुपातिक सभासद भइ सकेका छन्। उनले पार्टीलाइ सुदृढीकरण र एकीकरण गरेर लैजाने अठोट गरेका छन्। 
 
यस्तै नेपाली काँग्रेसका कार्यकर्ता रहेका वीर बहादुर कटुवाल अहिले शिक्षक आन्दोलनसंगै पार्टीको राजनितिमा खुलेयाम लाग्न थालेका छन्। उनी अहिलेको तेह्रौ महाधिबेशनका लागि भने महाधिबेशन प्रतिनिधीका उम्मेद्धार हुने भएका छन्। उनको उम्मेद्धारपछि संगठन सुदृढीकरण राजनितिक विकास भन्दा पनि विकासका लागि राजनितिक गर्ने र सामाजिक रुपान्तरणका लागि नया नेतृत्व स्थापना गर्र्नका लागि उनको उम्मेद्धारी हुने भएको छ। उनी ०४८ साल देखि विद्यार्थीकालदेखि नै राजनितिक क्षेत्रमा प्रबेश गरेका हुन्।
 
त्यस्तै नेपाली काँग्रेसका युवा नेता तथा जिल्लाका बलियो खम्वाका रुपमा चिनिने चक्र बहादुर शाह पनि महाधिबेशन प्रतिनिधीका उम्मेद्धार हुने भएका छन्। उनी नेपाली काँग्रेसको विभिन्न काल खण्डमा राजनितिक गर्दे आएका शाह भने यति खेर मात्र युवाको समस्या समाधान गर्नका लागि उम्मेद्धार हुने भएका छन्। उनी जिल्लाको विकासका लागि सधैं लागि रहने मध्ये पर्दछन् । नेपाली काँग्रेसको भातृ संगठन नेविसंघबाट राजनितिक सुरु गरेका शाह अहिले तेह्रौं महाधिबेशनका लागि प्रतिनिधीका उम्मेद्धार हुने देखिन्छन्। उनले आफ्नो सरकारी जागिर थाति राखेर जिल्लाको विकासका लागि विभिन्न संघर्ष गर्दै आएका छन्।
 
यस्तै नेपाली काँग्रेसकी महिला नेत्री जुना दानी पनि महिला तर्फबाट महासमिति सदस्य लड्ने भएकी छन्। यसभन्दा पहिले नेपाल महिला संघ बाजुराको नेतृत्व सम्हाल्दै यस भन्दा पहिले संविधान सभाको निर्वाचनमा समानुपातिक उम्मेद्धार हुदै आएकी दानी अहिले आएर महिला तर्फ महासमिति सदस्यका लागि उममेद्धारी दिने भएकी छन् । उनले अबको अधिबेनमा सहमतिको आधारमा नेतृत्व चयन हुनेमा विश्वस्त छन् । दानी महिलाका हकहितका लागि लाग्ने भएकी छन्। राजनितिक चेतना विना महिलाको नेतृत्व हुन नसक्ने भएकाले यसैका लागि उम्मेद्धार भएकी छन्। महिला र युवाहरुको आर्थिक सामाजिक उन्नती र प्रगतिका लागि लाग्ने भएकी छन्। महिलालाई स्थायित्व दिनका लागि उनी लाग्ने भएकी छन्। यसरी हेर्दा नेपाली काँग्रेस बाजुराको जिल्ला अधिवेशन भने प्रतिष्पर्धा भन्दा पनि एकता र संगठन सुदृढी करण भएर जाने निश्चित भएको देखिन्छ। पार्टीको आन्तरिक रणनिती अनुसार पाटीलाइ कसरी मजवुत र  सक्षम बनाएर लैजाने भन्ने विषयमा शिर्ष नेताहरुसंग छलफल भइरहेको पाइन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ