arrow

राससका कर्मचारीको स्वास्थ्य बीमा 

logo
प्रकाशित २०७४ चैत १८ आइतबार
rss.jpg

काठमाडौँ । राष्ट्रिय समाचार समिति राससले आफ्ना कर्मचारीको संस्थागत स्वास्थ्य बीमा गराउन शुरु गरेको छ । 

राससका अध्यक्ष कुलचन्द्र वाग्ले र महाप्रबन्धक ओपेन्द्र शर्माले आफ्नो स्वास्थ्य बीमा गर्दै विमा कार्यक्रम सुरु गरेका हुन् । 
 
अध्यक्ष वाग्लेले संस्थामा कार्यरत स्थायी, अस्थायी र करार सेवामा कार्यरत पत्रकार तथा कर्मचारीको स्वास्थ्य बीमा राससले नै गराइदिने कार्यक्रमअन्तर्गत पहिलो दिन ५२ जनाको स्वास्थ्य बीमा गराइएको जानकारी दिए । 

उनले कार्यरत रहँदासम्मको अवधिमा बीमामा लाग्ने वार्षिक रु दुई हजार ५०० राससले व्यहोर्ने र रासस छाडेपछि आफैँले निरन्तरता दिनुपर्ने बताए । 
 
राष्ट्रिय बीमा बोर्डसँगको समन्वयमा आफ्ना कर्मचारीको स्वास्थ्य बीमा गराउने स्वास्थ्य संस्थाबाहेक रासस पहिलो संस्था हो । 

काठमाडौँको वीर अस्पताललगायत केही स्वास्थ्य संस्थाले आफ्ना कर्मचारीको स्वास्थ्य बीमा गराए पनि अन्य निकाय वा संस्थाले भने आफ्ना कर्मचारीको बीमा नगराएको विमा बोर्डका दर्ता प्रतिनिधि कपिल कार्कीले बताए ।

अन्य संस्थाहरुले पनि आफ्ना कर्मचारीहरुको स्वास्थ विमा गराउन चाहेमा गराउने व्यवस्था मिलाइने बोर्डले जनाएको छ । 

हालसम्म २८ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरु भइसकेको तथा चालु आवमा ३५ जिल्लामा कार्यक्रम विस्तार गरिने बोर्डको लक्ष्य छ । 

सरकारले जनतालाई आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ दिलाउने उद्देश्यले २०७२ चैत २५ गतेदेखि कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको थियो । 

सरकारको त्यतिबेला गठना आदेशानुसार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बनाई शुरु गरिएको सो कार्यक्रम नेपालको सविधानको धारा २९६ उपधारा ९१० अनुसार स्वास्थ्य बीमा ऐन बनेपछि राष्ट्रिय बीमा बोर्डबाट सञ्चालन भइरहेको छ । 

तत्कालिन स्वास्थ्य मन्त्री गगनकुमार थापाको कार्यकालमा तयार पारिएको ऐनमा पाँच जनासम्मको परिवारका लागि वार्षिक रु २५ सय तिरेर स्वास्थ्य विमा गर्न पाउने व्यवस्था गरिएको छ । 

स्वास्थ्य विमा गरेका हरेक पाँच जनाको परिवारले वर्षभरीमा रु ५० हजार बराबरको स्वास्थ्योपचार सेवा निःशुल्क प्राप्त गर्न सक्छन् । 
पाँच भन्दा बढी परिवार सदस्य भएकाहरुले प्रतिव्यक्ति साढे चार सय रुपैया बार्षिक शुल्क तिर्नु पर्ने हुन्छ भने प्रति व्यक्ति दश हजार रुपैयाँ बरावरको थप स्वास्थ्य सेवा निःशुल्क पाउनेछन् । 

अन्य देशहरुमा निकै प्रभावकारी भएको स्वास्थ्य विमाप्रति नेपालमा पनि छोटो समयमै धेरै आकर्षित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ