arrow

करियरको पहिलो अन्तर्वार्ता नै खुमबहादुर खड्कासंग

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७४ चैत १८ आइतबार
khumbahadur-sudarshan.jpg

वाराणसी । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का रहेनन् । उनको शरीरमात्र यो धर्तीमा हुनेछैन । तर उनको सम्झनासंगै उनका साहसिक कदमको प्रशंसा अनि चर्चा भइरहने छ । 

खड्का आफैमा यस्ता स्थापित नेता थिए जसलाई कसैको सहारा चाहिँदैनथियो अगाडि बढ्न । नाम बदनाम जे थिए निडर थिए । 

मेरो उनीसंग जोडिएको क्षण भने अविश्मरणीय छ । मेरो पत्रकारिता करियरको पहिलो अन्तर्वार्ता नै उनी खड्कासंग भएको थियो । 

झण्डै ४ वर्ष अघिको असोज महिनाको कुरा हो । म आफ्नो ब्यवसायिक पत्रकारिता जीवनको सुरूवाती चरणमा ‘घटना र विचार साप्ताहिक’को लागि काम गर्दथें । 

अन्तर्वार्ताका लागि दाइ देव प्रकाश त्रिपाठीको पावर लगाएर सानेपास्थित उनकै निवासमा पुगेको थिएँ । 

त्यतिबेला उनले भखर भर्खर हिन्दू राष्ट्रको अभियान सुरू गरेका थिए । त्यही विषयमै अन्तर्वार्ताको मुख्य केन्द्रविन्दू थियो । 

त्यतिवेला आफ्नै पहलमा उनको अन्तर्वार्ता लिएको थिएँ । उनको घरमा बिहान पुग्दा त्यहॉ १५ मिनेट जति कुरेपछि उनीसँग भेट भयो ।

अन्तर्वार्ताका लागि ‘अन्त्यमा ?’ सहित ६ प्रश्न तयारी गरेर गएको थिएँ । तर खुमबहादुरलाई नजिकबाट चिनेको थिइन । 

पहिलो अन्तर्वार्ता भएपनि एकदमै सम्मानपूर्वक २८ मिनेट कुरा गरेर हिन्दू अभियानबारे चर्चा भयो । 

त्यो जीवनको पहिलो अन्तर्वार्ता आज पनि उत्तिकै स्मरणमा छ । तर यसरी यत्ति छिट्टै प्रभावशाली नेतालाई यसरी सम्झनु पर्ला भन्ने लागेको थिएन । हार्दिक श्रद्धाञ्जली । (अर्याल हाम्राकुरा संवाददाता हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ