arrow

समलिङ्गीहरुको माग, विवाहलाई कानुनी मान्यता दिउँ

logo
प्रकाशित २०७२ माघ २० बुधबार
समलिङ्गी.jpg.jpeg
काठमाडौं। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिनुपर्ने माग गरेको छ । नीलहीरा समाजले बुधबार आयोजना गरेको एक कार्यक्रममा उनीहरुले समलिङ्गी विवाहलाई मान्यता नदिए समाजमा विकृति आउनसक्ने तर्क दिँदै यसलाई कानुनी मान्यता दिनुपर्ने माग गरेका हुन् । 
 
राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत वासुदेव बजगाईंले समलिङ्गी विवाहलाई मान्यता दिन कानुन निर्माण गरिनुपर्नेमा जोड दिँदै यो समुदायका व्यक्तिले आफूले नचाहेकोसँग बाध्यतावस विवाह गर्नुपर्दा उनीहरु विभेदमा परिरहेको बताए । शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको विषय पाठ्यक्रम र शिक्षक तालिम सामग्रीमा राख्न थालिएको बताए ।
 
राहदानी विभागका अधिकृत ज्ञानबहादुर मगरले विभागलाई नागरिकताका आधारमा राहदानी जारी गर्न कुनै समस्या नरहेको बताए । समाजकी कार्यकारी निर्देशक मनिषा ढकाल, तेस्रो लिङ्गी आनिक राना, तेस्रो लिङ्गी अधिकारकर्मी भक्ति शाहलगायतले समाजले अझै समलिङ्गी÷तेस्रो लिङ्गी समुदायलाई स्वीकार्न नसकेको गुनासो गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ