arrow

बेनी पात्लेखेतमा अस्पतालको लागि पराजुली परिवारबाट रु १ करोड ७५ लाख बराबरको सहयोग

logo
प्रकाशित २०७४ चैत १८ आइतबार
bharat-rakal-shahi.jpg

म्याग्दी। बेनी नगरपालिका– १० पात्लेखेतका पराजुली परिवारले स्वास्थ्य क्षेत्रको लागि रु १ करोड ७५ लाख बराबरकोे सहयोग गरेका छन्। स्थानीय समाजसेवी राधाकृष्ण शर्मा पराजुलीको परिवारले हाल पात्लेखेत स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको प्रस्तावित रघुनाथ भद्रकाली स्मृती अस्पतालको लागि ५ रोपनी जग्गा सहित नवनिर्मित भवन हस्तान्तरण गर्ने घोषणा गरेका हुन्। 

आईतवार भएको एक भेलामा समाजसेवी पराजुलीका छोरा रमेश शर्मा पराजुलीले प्रस्तावित रघुनाथ भद्रकाली स्मृति सामुदायिक अस्पतालको लागि जग्गा सहितको नयाँ भवन संस्थालाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका हुन्। उक्त जग्गालाई आगामी वैशाख १५ गतेभित्रै निःशुल्क रुपमा संस्थाको नाममा पास गरिदिने उनले प्रतिबद्धता जनाए। 

स्थानीयस्तरबाट निर्माण गर्न लागिएको १५ शैयाको सामुदायिक अस्पतालका लागि सरकारले अनुमति नदिँदा दुई बर्ष अघि निर्माण गरिएको उक्त भवनमा पात्लेखेत स्वास्थ्यचौकीलाई राखिएको छ। अस्पताल सञ्चालनका लागि सरकारले अनुमति प्रदान गरेको खण्डमा शर्माले थप पाँच रोपनी जग्गा उपलब्ध गराउने समेत प्रतिबद्धता जनाएको प्रस्तावित अस्पताल विकास समितिका सदस्य भरत रकालले जानकारी दिए। 

शिक्षाप्रेमी पराजुलीले म्याग्दी बहुमुखी क्याम्पसमा पुस्तकालय निर्माण, गलेश्वर मन्दिर पुननिर्माण लगायतका विभिन्न सामाजिक संघ संस्था एवम धार्मिक क्षेत्रहरुमा ठुलो सहयोग गरेका छन्। 

कार्यक्रममा बोल्दै प्रदेश सभा सांसद बिनोद केसीले पराजुली परिवारबाट पात्लेखेतमा स्वास्थ्य सेवाको लागि प्राप्त सहयोग प्रसंसनिय रहेको बताए। उनले पराजुली परिवारले विगतमा समेत जिल्लाको सामाजिक क्षेत्रमा उल्लेख्य सहयोग पुर्या‍एको बताउँदै सहयोगदाता परिवारलाई धन्यबाद ज्ञापन गरे।

त्यसैगरि कार्यक्रममा बेनि नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, बेनी अस्पताल बिकास समितीका अध्यक्ष माधब प्रसाद रेग्मी, प्रमुख डाक्टर रोसन न्यौपाने, कोषका अध्यक्ष चिरञ्जीवी शर्माले पात्लेखेतमा बन्न लागेको अस्पतालको स्तरोन्नतीमा कुनै कसुर बाकी नराख्ने प्रतिबद्धता जनाए। 

बेनी नगरपालिका –१० का कार्यबहाक वडा अध्यक्ष लोक बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा रघुनाथ भद्रकाली स्मृति कोषका उपाध्यक्ष शिब बहादुर शाहीले आय व्ययबारे प्रकाश पारेका थिए। शर्माको विशेष नेतृत्व रहेको अभियानमा सबैको उल्लेख्य सहयोग रहेको स्थानीय युवा नेता भरत बहादुर रकालको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ