arrow

मूख्यमन्त्री शेरधन राईको व्यापारीलाई आव्हान  

logo
प्रकाशित २०७४ चैत १९ सोमबार
sherdhan_rai.jpg

विराटनगर । प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेशलाई उत्कृष्ट, समृद्ध र नमूना प्रदेश बनाउन उद्योगी व्यवसायीको सहयोग र सुझाव आवश्यक रहेको बताएका छन् । 

उद्योग संगठन मोरङले आइतबार साँझ आयोजना गरेको एक नम्बर प्रदेशको आर्थिक सामाजिक विकासका लागि छलफल कार्यक्रममा उनले यस क्षेत्रका व्यापारीलाई एउटा नमूना काम गरेर देखाउनेबेला आएको बताए । 

मुख्य मन्त्री राईले विकास र समृद्धि नै प्रदेश सरकारको मुुख्य लक्ष्य भएकाले जनताले अब चाँडै नै अनुभूति गर्नेगरी विकास निर्माणका कामले गति लिने विचार व्यक्त गरे । 

उनले १ नम्बर प्रदेशमा विकासका प्रशस्त सम्भावना रहेकाले निर्धक्क भएर लगानी गर्न उद्योगीलाई आग्रह गरे । 

उनले कृषि, ऊर्जा, पर्यटन, शिक्षालगायतका विकासका क्षेत्रका लागि सरकारले ठोस योजना तयार गर्ने कार्यमा विज्ञले आवश्यक सुझाव दिन आग्रहसमेत गरे ।

मुख्यमन्त्री राईले धेरै योजनामा हातहाल्दा परिणाम सहज नहुने भन्दै आवश्यक र मुख्य योजनालार्इ मात्र सरकारले प्राथमिकता दिने बताए ।

प्रदेशका सबै मन्त्री तथा मन्त्रालयका सचिव सहभागी भएको उक्त कार्यक्रममा प्रदेशको औद्योगिक विकासका लागि विज्ञको सहयोगमा कृषि, शिक्षा, उद्योग, ऊर्जालगायत सातवटा विषयमा बनाइएका योजनाको सुझावसहितको कार्यपत्र प्रस्तुत गरिएको थियो । 

उद्योग संगठन मोरङका अध्यक्ष मुुकेश उपाध्यायको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ