arrow

विश्व ते—क्वान्दो महासंघका अध्यक्षको प्रतिनिधी मण्डलले प्रचण्डलाई भेट्यो

राष्ट्रपतिलाई भेटेर फर्किने

logo
प्रकाशित २०७२ माघ २० बुधबार
Daha-chow.jpg.jpeg
काठमाडौं । विश्व ते—क्वान्दो महासंघका अध्यक्ष चुनगोउ चोउसहितको एक प्रतिनिधि मण्डल र एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेट भएको छ । दाहाल निवास लाजिम्पाटमा भएको भेटमा चोउले नेपाल रमणीय लागेको र पोखरा लगायतका ठाउँहरु भ्रमण गरेको सुनाए । चोउले नेपालमा भूकम्प पीडितहरुको सहयोगका लागि पनि विश्व ते—क्वान्दो महासंघले गरेका कामहरुको चर्चा गरे । 
 
भेटमा अध्यक्ष दाहालले नेपाल विशिष्ट परिस्थितिबाट गुज्रिरहेको अवस्थामा नेपाली खेलाडीहरुले विश्व खेल जगतमा एकपछि अर्को किर्तिमान खडा गरेर आशा जगाई दिएको बताए । दाहालले नेपालमा आएर भूकम्प पीडित क्षेत्रहरुमा गरेको सहयोगका लागि धन्यवाद दिए । अध्यक्ष दाहालले विश्व ते—क्वान्दो महासंघले विश्वमा गरेका सामाजिक कार्यहरुबारेको जानकारी चाँसोका साथ सुने । दाहालले  नेपालमा आफ्नो पार्टीले खेलकूद क्षेत्रको विकासका लागि निकै महत्व दिँदै आएको सुनाए । 
 
शुक्रवार नेपाल आएको सो प्रतिनिधि मण्डलले उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई भेटिसकेको छ । टोलीले विहिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्ने नेपाली खेलाडी दीपक विष्टले बताए । टोली विहिबारै मोरक्को प्रस्थान गर्ने विष्टले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ