arrow

सेयर मूल्य घट्दा कति लगानीकर्ता परे नोक्सानीमा, के भन्छन् सेयर विश्लेषक? (कुराकानीसहित)

logo
प्रकाशित २०७४ चैत १९ सोमबार
chotelal.JPG

सरकारले श्वतपत्र जारी गरिसकेपछि सेयर बजारमा पहिरो गएको छ । श्वतपत्रमार्फत् सेयर बजारमा सम्बोधन हुने आशामा बसेका व्यवसायी र लगानीकर्ताहरु निराश भए । याे साताकाे पहिलाे दिन अाइतबारमात्रै सेयर बजारमा दोहोरो अंकले मूल्यमा गिरावट अाएकाे छ । श्वतपत्रमा सेयर बजारलाई सम्बोधन भएको छैन । सेयर बजार सतही भएको, पारदर्शी नभएको श्वतपत्रमा उल्लेख थियो । ढिकुटी नै रित्तो रहेको श्वतपत्रमा उल्लेख भएपछि सेयर बजार ओरालो लागेको हो । यसै विषयमा हामीले सेयर विश्लेषक छोटेलाल रौनियारसँग संक्षिप्त कुराकानी गरेका छाैँ :

० अर्थमन्त्रीले जारी गरेको श्वतपत्र र सेयर बजार सम्बन्धित हुन् ?
– केही सम्बन्ध त छ, किनभने पूँजी बजारमा लगानीकर्ताले श्वेत पत्र मार्फत प्रतिबद्धता आउला भन्ने आशा गरेका थिए । प्रत्यक्ष रुपमा आउनुपर्ने अप्रत्यक्ष रुपमा आएकाले धेरै लगानीकर्ताले बुझेनन् । श्वतपत्रमा सकरात्मक कुराहरु पनि छन् । अर्थमन्त्री युवराज खतिवडाले सकरात्मक कुरा दिएता पनि कन्जुस्याइ गरेजस्तो देखिएको छ । दिल खोलेर सकरात्मक कुरा श्वतपत्रमा उल्लेख गरिदिएको भए पूँजी बजारमा राम्रो म्यासेज जान्थ्यो ।

० सकारात्मक कुरा के छ ?
– राष्ट्र बैंकमार्फत बैंकहरुलाई अधिकार दिइएको छ । बैंकहरुले विदेशबाट करिब एक खर्ब रुपैयाँ ल्याएर तरलता हटाउने, त्यो पैसा सस्तो ब्याजमा उद्योगधन्दाहरुलाई ऋण दिने । ब्याजदर सस्तो भयो भने पूँजी बजारलाई पनि सहुलियत हुने थियो । धेरै सकरात्मक कुराहरु छन्, यसले दीर्घकालमा पूँजी बजारमा राम्रो प्रभाव पार्छ । श्वेेेतपत्रमा अर्थमन्त्रीले पूँजी बजार संकुचित भयो भन्नुभएको छ । बैंकिङ र फाइनान्स सेक्टर बढी छ, हाइड्रो, होटल क्षेत्र पनि छ । उत्पादनमूलक क्षेत्रमा लगानी छैन । यी उद्योगहरुलाई पूँजी बजारसँग जोड्नुपर्छ ।

० सेयरको मूल्य घट्दा कति लगानीकर्ता नोक्सानीमा परे ?
– पूँजी बजारमा ३० लाख लगानीकर्ता छन् । कृषि विकास बैंकमा २ लाख लगानीकर्ता छन्, ग्लोबल आईएमइ बैकमा २ लाख लगानीकर्ता र नेपाल बंगलादेश बैंकमा ९० हजार लगानीकर्ता छन् । डिम्याटको मात्र ११ लाख लगानीकर्ता छन् । सेयरको मूल्य घट्दा ३० लाख लगानीकर्ता प्रभावित हुन्छन् । २१ खर्बको पूँजी बजार अहिले घटेर १३ खर्बमा आइसक्यो । झन्डै ८ खर्ब रुपैयाँ नेपाली लगानीकर्ताको नोक्सानी भयो । यो भनेको पूँजी बजारलाई ठूलो धक्का हो । त्यसो त कांग्रेसको सरकार हुँदा यो झर्न थालेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ