arrow

धनगढीबाट नेपाल जेसीजको तराई सद्भाव अभियान सुरु

logo
प्रकाशित २०७२ माघ २० बुधबार
12650741_10156676456465727_1416230288_n.jpg.jpeg

धनगढी । तराईमा आपसी सद्भाव बढाउने उद्धेश्यले नेपाल जेसीजले संबृद्ध राष्ट्र निर्माणका लागि सम्वाद र सहकार्य राष्ट्रव्यापी अभियान आजबाट सुरु गरेको छ। आज धनगढीबाट सुरु भएको अभियान यही २४ गते विराटनगरमा पुगेर सम्पन्न हुने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जगत पोख्रेलले जानकारी दिए ।

 

      एउटै आँगनमा हुर्किए र एउटै राष्ट्रियता वोकेकाहरुका विचमा संवाद र सहकार्यले समाधान नदिने समस्या हुनै पनि नहुने भएकाले संवाद र सहकार्य गर्न दवावका लागि कार्यक्रम गर्न लागिएको उनले बताए । अभियानका क्रममा तराईका ९ ठाँउमा सत्तापक्ष, आन्दोलनरत पक्ष र प्रतिपक्ष र नागरिक अगुवाहरुसंग अन्तरक्रिया गराई सहमति र सहकार्यका लागि दवाव दिनेगरी अभियान सुरु गरिएको नेपाल जेसीजले जनाएको छ ।

 

      अभियान अन्तर्गतको पहिलो कार्यक्रम आज धनगढीमा सुरु भएको छ भने नेपालगञ्जमा पनि आजै भएको छ । त्यसैगरी भोली २१ गते रुपन्देहीको बुटवलमा, २२ गते पर्साको विरगञ्ज र सर्लाहीको मलङ्गवामा, २३ गते धनुषाको जनकपुरधाम, सिराहको लाहान र सप्तरीको राजविराजमा र २४ गते मोरङको विराटनगरमा कार्यक्रम गरिने अध्यक्ष पोख्रेलले जानकारी दिए । “अभियानका क्रममा आन्दोलनरत पक्ष, सरकार पक्ष, प्रतिपक्ष र नागरिक अगुवा तथा पेशाकर्मीहरुसंग सद्भावपुर्ण संवाद कार्यक्रमको आयोजना गरि समस्या समाधानको बाटो खोजीन्छ”, उनले भने ।कार्यक्रममा सरोकारवालाहरुलाई केही साझा विषयमा प्रतिवद्धता गराईने र उनीहरुको प्रतिवद्धतालाई केन्द्रीय नेताहरु समक्ष बुझाई निकासका लागि दवाद दिईने अध्यक्ष पोख्रेलले बताए ।

 

      अभियानको सहआयोजक शान्तिका लागि साझा अभियानका अध्यक्ष रेम बहादुर विकले संविधान बनेपछि सवै कुरा ठिक हुन्छ भनिएपनि जनताले अझ दुःख पाउनु परेकाले बुझाईलाई समानतामा ल्याउन अभियान चलाउने तयारी गरिएको जानकारी दिए । उनले संविधान बनाउने पक्ष र संविधानको विरोध गर्ने पक्षलाई स्थानीय तहमा एकैठाउमा राखेर सम्वाद र सहकार्यका लागि बातावरण बनाउने प्रयास आफुहरुले गर्ने बताए ।

 

      अभियनबाट आन्दोलनकारीहरुलाई आन्दोलनको स्वरुप परिवर्तन गरी जनजीवन सामान्य बनाउन र आन्दोलनकारीका माग सम्वोधन हुने विश्वासीलो आधार जगैदेखि तयार पार्न स्थानीय नेताहरुलाई दवाव दिने आग्रह गरिने नेपाल जेसीजका महासचिव विष्णु बरालले जानकारी दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ