arrow

कैद भुक्तान गरेका दिलबहादुर फेरी ठूलो मात्रामा चरेस सहित पक्राउ

अवैध लागुऔषध चरेस ९० किलो सहित पाँच पक्राउ

logo
प्रकाशित २०७२ माघ २० बुधबार
Dilbahadur11.jpg.jpeg
काठमाडौं ।कैद भुक्तान गरेका दिलबहादुर फेरी ठूलो मात्रामा अवैध लागुऔषध चरेस ९० किलो ५६ ग्राम र नगदसहित पाँचलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको एक टोलीले काठमाडौँ बूढानीलकण्ठ नारायणचोक बस्ने धादिङ सेर्तुङका हेरमान तामाङ, नुवाकोट बुङताङका अक्कलबहादुर तामाङ, धादिङ बसेरीका धनबहादुर गुरुङ, सोही ठाउँका ३१ वर्षीय नरबहादुर गुरुङ र धापासी बस्ने तनँहु बन्दीपुरका डिबी भन्ने दिलबहादुर गुरुङ रहेका छन् । 
 
हेरमान र अक्कलबहादुर तामाङलाई हेरमानको कोठाबाट अवैध लागुऔषध चरेससहित सोमबार प्रहरीले पक्राउ गरेको थियो । चरेस भारत, चीन, हङकङ, इटली, क्यानडालगायतका देशमा पैठारी गर्न हेम्प सुज, विभिन्न किताब आदिमा लुकाइछिपाई राखिएका थिए । चरेससहित प्याकिङ गर्न प्रयोग गरिने विभिन्न सरसामान, मेसिनसमेत प्रहरीले बरामद गरेको छ । दिलबहादुर यसअघि काठमाडौँ जिल्ला अदालतको फैसलाअनुसार लागुऔषध मुद्दामा आठ वर्ष कैद भुक्तान गरी २०७० साउनमा कारागारबाट रिहा भएका थिए ।
 
चरेस निकासी गर्ने क्रममा ४८ हजार भारतीय रुपैयाँसहित धनबहादुर र नरबहादुरलाई सोही दिन चाबहिलबाट र चरेस मुद्दाका मुख्य अभियुक्त दिलबहादुरलाई पानीपोखरीस्थित लाभा क्याफे अगाडिबाट चिनियाँ युआन १०७, युएस डलर ५८०, हङकङ डलर १२०, चिनियाँ सिमकार्ड एक थानसहित मङ्गलबार प्रहरीले पक्राउ गरेको हो । दिलबहादुरले चरेस कुरियरमार्फत भारत, क्यानडा, इटली, चीन, हङकङजस्ता मुलुकमा निकासी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
 
पक्राउ परेका दिलबहादुर यसअघि काठमाडौँ जिल्ला अदालतको फैसलाअनुसार लागुऔषध मुद्दामा आठ वर्ष कैद भुक्तान गरी २०७० साउनमा कारागारबाट रिहा भएका थिए ।उनीहरुविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।बरामद अवैध लागुऔषधको स्थानीय बजार मूल्य अनुमानित २७ लाख रुपैयाँ रहेको ब्युरोले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ