arrow

प्रधानमन्त्री ओलीको संसदमा सम्बोधन, चिकित्सा शिक्षा अध्यादेश स्वीकृतिका लागि प्रस्ताव हुँँदै

logo
प्रकाशित २०७४ चैत २० मंगलबार
sanghiya-samsad.png

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दैछन् । आगामी चैत २३ गते भारत भ्रमणमा जानुअघि ओलीले संसदलाई सम्बोधन गर्न लागेका हुन्।

प्रतिपक्षी दल नेपाली काँग्रेसले यसअघिको संसद बैठकमा प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे संसदलाई जानकारी दिन माग गरेको थियो । 

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकको सुरुमै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम राखिएको संसद सचिवालयका सहप्रवक्ता केसव अर्यालले जानकारी दिए । 

प्रधानमन्त्रीको सम्बोधनपछि राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश स्वीकृतिका लागि प्रस्ताव गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी राष्ट्रियसभा सदस्य अध्यादेशलाई स्वीकृतिका लागि प्रस्ताव गरिनेछ।

प्रधानमन्त्रीको सम्बोधनसँगै दुई अध्यादेश स्वीकृत गरी संसद् अधिवेशन अन्त्य हुने सम्भावना रहेको बताइएको छ । मंगलबार बिहान बस्दै गरेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने वा नगर्ने निर्णय गर्ने सम्भावना छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ