- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालमा अपांगता भएका बालबालिकाको संख्या बढ्दै गएको छ । जन्मजातदेखि विभिन्न दुर्घटनाका कारण अपांगता हुने संख्या बढ्दो छ ।
यसैबीच एउटा संस्थाले निःशुल्क कृत्रिम हात उपलब्ध गराउने जनाएको छ । उक्त संस्थाले नेपालका १८ वर्ष मुनीका हात (दायाँ या बायाँ) कुमसम्म नभएका बालबालिकाहरुलाई कृत्रिम हात निःशुल्क वितरण गर्ने जनाएको हो ।
आफ्नो घर, टोल, गाउँ, स्कुलमा त्यस्ता बालबालिकाहरु भए इमेल वा फोनमा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ । फोन नम्बर ९८४१२४१७३४ वा raby@santischool.org मा इमेल गर्न अनुरोध समेत गरिएको छ ।