arrow

प्रमुख दल र मोर्चाबीच एक÷दुई दिनमै पुनः वार्ता

logo
प्रकाशित २०७२ माघ २० बुधबार
प्रमुख-दल-र-मोर्चा-वार्ता.jpg.jpeg
काठमाडौं। प्रमुख तीन राजनीतिक दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच एक÷दुई दिनभित्र पुनः वार्ता हुने भएको छ । लामो समयको संवादहीनता तोड्दै केही दिनअघि वार्तामा बसेको मोर्चाले आफ्ना घोषित सात दिने आन्दोलनका कार्यक्रम सकेसँगै वार्ता प्रक्रिया सुरु गर्न लागेको हो । 
मोर्चा घटक दलका अध्यक्षहरु उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्रराय यादव भोलिसम्म काठमाडौँ आउने बताइएको छ । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मोर्चाका शीर्ष नेता राजधानी आएसँगै वार्ता प्रक्रिया सुरु हुने  जानकारी दिए ।

उनले जारी आन्दोलनको स्वरुप परिवर्तनबारे पनि दुई दिनभित्रै मोर्चाको बैठक बसेर साझा धारणा तय गर्ने बताए ।वार्ताका लागि गठित कार्यदलका दुई सदस्य नेपाली काँग्रेसका नेता महेश आचार्य र तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का नेता हृदयेश त्रिपाठी राजधानी बाहिर रहेकाले पनि वार्ता हुन सकेको छैन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ