arrow

छिमेकीलाई विकासमा साझेदार बनाउन भारत भ्रमण : प्रधानमन्त्री

logo
प्रकाश सिलवाल,
प्रकाशित २०७४ चैत २० मंगलबार
pm-olis.JPG

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित, सुदृढ र विश्वासयुक्त बनाई नेपालको विकास र समृद्धिमा उनीहरुलाई साझेदार बनाउने क्रममा आफू भारत भ्रमणमा जान लागेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलवारको बैठकमा आफ्नो आशन्न भारत भ्रमणबारे सार्वजनिक महत्वको वक्तव्य दिँदै उनले भारतका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणमा यही चैत २३ गतेदेखि आफू तीनदिने भ्रमणमा जान लागेको जानकारी दिएका हुन् ।  प्रधानमन्त्री ओलीले यही चैत २३ गतेदेखि २५ गतेसम्म मित्रराष्ट्र भारतको राजकीय भ्रमण गर्दै छन् ।

मुलुकको समृद्धिका लागि छिमेकी भारत र चीनसँस सन्तुलित सम्बन्ध, भरपर्दो, मैत्रीपूर्ण, समानता, पारस्परिक लाभ र विश्वासयुक्त वातावरणका आधार विकास गर्ने तथा छिमेकीलाई विकासका साझेदार बनाउने सरकारको अभिष्ट रहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले शंकारहित र भरपर्दो मित्रता कायम गर्ने नीति रहेको स्पष्ट गरे ।

उनले भने, ‘मित्रतापूर्ण सम्बन्ध छिमेकसँगको सम्बन्ध, अहस्तक्षेपकारी नीति, संयुक्त राष्ट्र संघको वडापत्र, नेपालको पञ्चशीलको आधार र राष्ट्रहीत एवं न्यायपूर्ण सम्बन्ध हाम्रो छिमेक सम्बन्धको प्रस्थानबिन्दू हो । देशको शिर झुक्ने कुनै काम गरिनेछैन, शिर उठाउने काम मात्र गरिनेछ ।’

उनले भारतसँग पुरानो र घनिष्ट सम्बन्ध रहेको जनाउँदै कसैप्रति अर्घेल्याई नगरी आफ्ना हितलाई राख्नुपर्ने उल्लेख गर्दै दुई देशबीच सन् १९५० को सन्धीलगायतका विषयमा पुनरावलोकन गर्न प्रबुद्ध व्यक्तिहरुको समूहले समीक्षा गरिरहेको र अब सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गरे। आफ्नो आशन्न भ्रमणलाई देश र जनताको अधिकतम् हितमा कसरी उपलब्धीपूर्ण बनाउन सकिन्छ र आपसी सम्बन्ध थप मजबुद बनाउन आफ्नो प्रयास हुने बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो भारत भम्रणमा धेरै सम्झौता नभई सम्बन्धलाई मजबुद बनाउ केन्द्रित रहेको जनाउँदै भने, ‘दुई देशबीच आपसी सम्झौताभन्दा पनि भइसकेका सम्झौताको प्रभावकारी कार्यान्वयनमा ठोस प्रगतितर्फ मेरो ध्यान रहनेछ ।’

प्रधानमन्त्री ओलीले नेपालको कृषिको आधुनिकीकरण, उर्जा उत्पादन र व्यापार बढाउन, अशोभनीय व्यापार घाटा घटाउन, लगानीको आकर्षण, निर्यातबृद्धि, पञ्जेश्वर बहुउद्देश्यीय परियोजनाको प्रभावकाकारी कार्यान्वयन, कनेक्टिभिटी बढाउन, एकीकृत चेकपोष्ट, पारस्परिक हित अभिबृद्धि, हुलाकी राजमार्ग आदिमा दुवैर्फबाट सहजीकरण गर्ने र भूकम्पपछि भारतले गरेको प्रतिबद्धता र जिम्मेवारीलाई तिब्रता दिन गम्भीर कुराकानी हुने बताउनुभयो । उहाँले नेपालका लागि भारतबाट सहुलितपूर्ण ऋण, नेपालको थप हवाई मार्ग, पारबाहन थप सहज बनाउन, सीमा क्षेत्रको पूर्वाधार निर्माण, नेपालीहरुलाई सहटी सुविधामा परेको नोक्सानी, तनाव कम गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन र बिमस्टेकजस्ता अन्य क्षेत्रीय सम्मेलनलाई सुचारु गर्ने विषयमा भारतीय समकक्षीसँग कुरा हुने बताए । भारत र पाकिस्तानबीचको तनाबका कारण सार्क शिखर सम्मेलन हुन सकेको छैन । उनले आतंकवाद र मानव तस्करी नियन्त्रणलगायत साझा र भारतीय जायज चासोका विषयमा नेपालले ध्यान दिने उल्लेख गर्दै भारतमा हुने उच्चस्तरीय भेटवार्तामा छलफल हुने स्पष्ट गरे ।

नयाँ संविधान अनुकूल सबै तहका निर्वाचन भइसकेको र देशले निर्दिष्ट गन्तव्यको सुस्पष्ट मार्ग लिएको सन्दर्भमा नयाँ संकल्पका साथ समृद्धिको उचाईका लागि लाग्नुपरेकामा जोड दिए । उनले लोकतान्त्रिक आन्दोलन हुँदै विधिबाट निर्वाचित सुदृढ सरकारले अपराधिक र अराजकतापूर्ण व्यवहारमा नियन्त्रण गरी मुलुकभित्रका सबै समस्याको समाधान शान्तिपूर्णरुपमा समाधान गर्ने बताए । उनले भने, ‘त्यस्ता अपराध, तस्कारी र अराजकतापूर्ण व्यवहार सहँदैन, नियन्त्रण गर्न चाहान्छ, म जनतालाई आश्वस्त पार्न चाहान्छु ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको अत्यनत ठूलो समर्थनमा रहेको आफ्नो सरकार लामो समय लोकतन्त्रको आन्दोल भएको र हाल जनता सार्वभौम भएको अवस्थामा सार्वभौमसत्ताको सही प्रयोग गर्न उपलब्धिको रक्षा गर्दै लोकतन्त्रको प्रभावकारी कार्यान्वयन तथा राष्ट्रिय हितको प्रभावकारी संरक्षण गर्दै सबैलाई समानरुपमा अधिकार र अवसर दिन कटिबद्ध रहेको बताए । उनले सुदृढ सामाजिक सद्भावका साथ शान्ति, स्थिरतालाई मजदुब गर्दै सम्पूर्ण ध्यान विकासमा केन्द्रित गर्नुपर्ने र त्यसका लागि भ्रष्टाचारप्रति असहिष्णु हुँदै सुशासन दिन अत्यावश्यक भएको बताए  ।

प्रधानमन्त्री ओली भारत भ्रमणका क्रममा त्यहाँ उद्योगी, व्यवसायीसँग छलफल, त्यहाँ रहेका नेपाली समुदायसँगको भेटघाट गर्नाका साथै उत्तराखण्डको कृषि तथा प्रविधि विश्वविद्यालयको अवलोकनसमेत गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ