arrow

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा कूल पन्ध्र घण्टा बैठक

logo
प्रकाशित २०७४ चैत २० मंगलबार
parliament1.png

काठमाडौँ ।  संघीय संसद्को पहिलो अधिवेशनअन्तर्गत एक महिना चालु प्रतिनिधिसभामा नौ दिनसम्म गरी ११ पटक बैठक बसेको छ ।

पहिलो अधिवेशनको अन्त्यको घोषणापूर्व मंगलवारको बैठकमा सभामुख कृष्णबहादुर महराले सोबीचमा १५ घण्टा ३० मिनेट संसदीय काम कारबाही भएको जानकारी गराए । राष्ट्रपति विद्यादेवी भण्डारीको पत्रअनुसार आजै राति १२ बजेदेखि संघीय संसद्को पहिलो अधिवेशनको अन्त्य हुँदै छ ।

गत फागुन २१ गते शुरु भएको प्रतिनिधिसभाले अन्तरिम नियमावली २०७४ पारित गरेको छ भने नियमावली बनाउन मस्यौदा समिति गठन गरेको छ ।

पहिलो अधिवेशनले सभामुख-उपसभामुखको निर्वाचन गर्नुका साथै गत फागुन २७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्ताव २०८ मतले पारित गरेको थियो ।

यही अवधिमा यही चैत १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई पहिलो सम्बोधन गरिन् भने प्रधानमन्त्री ओलीले दुईपटक सार्वजनिक महत्वको वक्तव्य दिए  । अधिवेशन अवधिमा चार अध्यादेश पारित भएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ