arrow

आलोचना रोक्न जनक शिक्षा सामाग्री बुटबलमा 

logo
आचार्य प्रदीप
प्रकाशित २०७४ चैत २१ बुधबार
janak_shikchaya.jpg

बुटवल । पुस्तक उपलब्ध गराउन नसकेर आलोचित बन्दै आएको जनक शिक्षा सामाग्री केन्द्रले अहिले आवश्यक पुस्तकहरु उपलब्ध गराउने बताएको छ । शैक्षिक सत्रभित्र पुस्तक पुर्याउन नसकेर विगतदेखि जनक शिक्षा आलोचित बन्दै आएको छ । 

अब आउंदै गरेको नयां शैक्षिक सत्रमा विद्यार्थीलाई सहज रुपमा पुस्तक उपलब्ध गराउने भन्दै बुटवलमा जनक शिक्षा सामाग्री केन्द्रको क्षेत्रीय कार्यालय स्थापना गरिएको छ । 

गत त्रैत्र १ गतेदेखि कार्यालय स्थापना गरिएपनि अहिलेसम्म पुस्तक भने वितरण गरिएको छैन । जनक शिक्षा सामाग्री केन्द्रले बुटवलमा स्थापना गरिएको क्षेत्रीय कार्यालय उद्घाटनको दिन हेराएर आगमी २६ गते उद्घाटन गरी पुस्तकहरु वितरण गर्ने तयारी गरेको छ । अवको १० दिनपछि नयां शैक्षिक सत्र शुरु हुंदै छ तर कार्यालय स्थापना गरेको झण्डै तीन साता वितिसक्दा पनि जनक शिक्षाले पुस्तक वितरण गरेको छैन । 

तर उसले आउने शैक्षिक सत्रमा पुस्तक अभाव हुन नदिने बताएको छ । जनक शिक्षा सामाग्री केन्द्र बुटवल क्षेत्रीय कार्यालयका प्रमुख धनबहादुर केसीले अहिले पुस्तक अभाव नहुने बताएका छन् । उनले समयमा नै पुस्तक पुराउने गरी पुस्तकहरु छाप्ने काम भैरहेको बताए । 

क्षेत्रीय कार्यालय बुटवलका प्रमुख केसीका अनुसार अहिलेसम्म ३७ हजार ९ सय ५० थान पुस्तक बुटवल झारिएको छ । लुम्बिनीको रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखांचीको कक्षा छ देखि १० सम्मका विद्यार्थीलाई २ लाख २५ हजार सेट पुस्तक आवश्यक पर्छ । 

तर अहिलेसम्म पुस्तक कम आएका छन् भने वितरण शुरु गरिएको छैन । कक्षा छ देखि १० सम्मका लागि जनक शिक्षा सामाग्री केन्द्रलाई सरकाले पुस्तक छापेर वितरण गर्न अनुमति दिएको छ । 

सरकारले समयमा नै पुस्तक छापेर विद्यार्थीको हातहातमा पुराउने गरी वजेट उपलब्ध गराएपनि जनक शिक्षाले सधै ढिलाई गर्ने गरेको छ । जसका कारण समयमा पुस्तक नपाउंदा विद्यार्थी पढ्नबाट बन्चित हुंदै आएका छन् । कक्षा छ देखि १० कक्षा सम्मका पुस्तकहरु विक्रीका लागि रुपन्देहीमा करिव ३० वटा आधिकारिक विक्रेता रहेको पुस्तक व्यवसायीले बताएका छन् । 

कक्षा १ देखि कक्षा ५ सम्मका लागि नीजि प्रकाशन गृहले छाप्ने भएकाले समस्या नभएको र सरकारी विद्यालयका लागि जनक शिक्षाले छाप्ने भएकाले समस्या रहदै आएको व्यवसायीको भनाई छ । जनक शिक्षाले पुस्तक समयमा दिए सबै जिल्लामा छिट्टै पुस्तकहरु पुराईने नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष रामकृष्ण चापागाईले बताए । 

यस शैक्षिक सत्रमा आधिकारिक विक्री केन्द्रहरुबाट पुस्तक वितरण गरिने र अर्को शैक्षिक सत्रका लागि सहकारीको माध्यामबाट विद्यार्थीको हातमा छिटो पुस्तक पुराउने तयारी गरिएको उपाध्यक्ष चापागाईले बताए ।  

लुम्बिनी अञ्चलका छ जिल्लासहित प्युठान, रोल्पालाई पुस्तक पुराउने अधिकार जनक शिक्षा सामाग्री केन्द्र बुटवललाई छ । तर जनक शिक्षा सामाग्री केन्द्र बुटवलको भर नभएकाले प्युठान,रोल्पाले काठमाण्डौ र नेपालगञ्जबाट पुस्तक लगिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ