arrow

एउटै लोकगीतबाट ५० लाख बढी कमाउने केशबको निरन्तर यात्रा

logo
प्रकाशित २०७४ चैत २१ बुधबार
lokgeet.JPG

काठमाडौं ।  सुन्दा अचम्म लाग्न सक्छ तर अनौठो मान्नु पर्दैन। तपाईले पनि त्यो गीत सुनिसक्नुभो। उही खोलीको पानी उही खोलीको माछा नाम को गीत लेख्ने  सर्जक हुन् केशब पौडेल ।

नेपाल घर नवलपरासी भई हाल जापानमा काम गर्दै आएका केशब पौडेलले लेखेको उक्त गीतले लोकगीत ईतिहासमा नै नौलो रेकड राख्यो जुन गीतबाट गीतको टिमले ५० लाख भन्दा बढी दर्शक स्रोता कमायो । हो हामीले यही ५० लाखको श्रोताको कुरा गर्दैछौ । ५० लाख दर्शक कमाउने गीतले पैसा पनि ८/१० लाख कमायो भनेर हामी सिधै अनुमान लगाउन सक्छौ तर त्यो कमाईको कती स्वाद पनि केशब ले पहिलो आफ्नो गीतबाट लिन पाएनन ।

आफुले लेखेको गीत ले चर्चा कमायो नाम र दाम अरुले नै कमाए तर उनि आफुले लेखेको मै सन्तुष्ट रहिरहे ।आफ्नो गुनासो आफ्ना साथीभाई संग बाहेक अन्त पोखेनन् । नाम र दाम नकमाउदा पनि उनले हरेस खाएनन झन उनले परदेशबाट नै संगीत क्षेत्रको यात्रा लाई अगाडी बढाएका छन।

उहीखोलीको पानी पछी ,तराईमा धान झुल्दा,घिन्ताङमादल लगायत का उतकृष्ट गीत बजारमा ल्याईसकेका केशब ले यतीबेला उत्कृष्ट मौलीक लोकदोहोरी गीत गुन्द्रुक मिठो सागको बजारमा ल्याएका छन् । केशबको शब्दमा शिब हमालको लय रहेको गीतमा बिक्रम परियार र देबी घर्तीको मिठो आवाज सुन्न पाईन्छ भने अभिनय रामजी खाँड र करिस्मा ढकाल ले गरेका छन ।

गीतमा निर्देशन मौसम हिमाली र एरेन्ज कमल सौराग को रहेकोछ।अरुको युटुब बाट गीत निकाल्दा दर्शकको माया पाएर पनि पैसाको स्वाद  संगीतको कमाई कस्तो हुन्छ थाहा नपाएका केशबले अहिले भने आफ्नै युटुब अकाउन्ट बाट गीत बजारमा ल्याएका हुन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ