arrow

पाँचथरका सवै विद्यालयमा शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक पुर्‍याइने

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ चैत २१ बुधबार
panchtar.png

पाँचथर ।  शैक्षिक सत्रको सुरुवातसँगै पाँचथर जिल्लाका सवै विद्यालयहरुमा समयमै पाठ्युपुस्तकहरु पुग्ने भएका छ ।  सरोकारवाला निकायहरु जिल्ला शिक्षा कार्यालय,नेपाल पुस्तक स्टेशनरी ब्यवसायि महासंघले समयमै पाठ्यपुस्तहरु विद्यार्थीको हातहातमा पुरयाउने प्रतिवद्धता जनाएका हुन् ।

 जिल्ला शिक्षा कार्यालय पाँचथरको आयोजनामा बुधबार आयोजित छलफल तथा अन्र्तक्रिया कार्यक्रममा वोल्दै सरोकारवाला पक्षले शैक्षिक सत्रको सुरुवातमै विद्यालयको हातहातमा पाठ्यपुस्तकहरु पुरयाउने बताएका हुन् ।

कार्यक्रममा वोल्दै जिल्ला शिक्षा अधिकारी बिर बहादुर खड्काले विगतका वर्षहरुमा विद्यार्थीहरुले पाठ्यपुस्तकको समस्या झेल्नु परेको हुँदा यस वर्ष बेलैदेखि विद्यार्थीको हातहातमा पाठ्युपुस्तक पुरयाउन लागि परेको बताए ।

उनले भने,“ शैक्षिक भर्ना कार्यक्रम वैशाख २ देखि शुरु हुन्छ ,कम्तीमा पनि वैशाख दोस्रो हप्ता भित्रमा सवै विद्यालयहरुमा पाठ्यपुस्तकहरु पुरयाउन लागि परेका छौ ।” त्यसका लागि सवै गाउँपालिका, नगरपालिका तथा नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ पाँचथर सित समन्वय गर्दे अघि वढिरहेको उनको भनाई छ ।

यस्तै जिशिअ खड्काले वैशाख महिनाभित्र विद्यालय भर्ना अभियान कार्यक्रम संचालन गर्ने र उक्त अभियानमा विद्यालय बाहिर भएका विद्यार्थीहरुलाई विद्यालयको पहुँचमा पुरयाउन सम्वद्ध सवै सरोकारवालाहरु लाग्नुपर्ने बताए । विद्यालयमा मात्रै पुरयाएर नहुने भन्दै त्यसका लागि विद्यार्थीहरुलाई टिकाईराख्ने कार्यक्रमहरु समेत संचालन गर्नुपर्ने आवश्यकता उनले औल्याए ।

अहिले पनि पाँचथर जिल्लामा झण्डै २.३७ प्रतिशत विद्यार्थी विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालय पाँचथरले जनाएको छ । दरवन्दी मिलानका कारण भएको भौगोलिक कठिनाई,धार्मिक,सांस्कृतिक कारण लगायत अन्य विविध कारणले विद्यार्थीहरु विद्यालय भन्दा बाहिर रहेको जिशिअ खड्काले बताए ।

 यस्तै कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिती सभापति तथा शिक्षा समिती पाँचथरका अध्यक्ष बिष्णु प्रसाद सापकोटा (बिमलले) पाठ्यपुस्तकको अभावमा विद्यार्थीहरु शिक्षा लिने अधिकार बाट बन्चित हुने अवस्था आउन नदिनको निम्ति सम्वद्ध सरोकारवाला निकायहरु बेलैदेखि लाग्न निर्देशनन समेत दिए ।

कार्यक्रममा वोल्दै नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ पाँचथरका अध्यक्ष उमेश अधिकारीले जनक शिक्षा सामाग्री केन्द्रले अहिले पहाडि भेगमा मात्रै ९५ प्रतिशत पुस्तकहरु पठाइसकेको र उक्त पुस्तकहरु फिदिम बजारमा आइसकेकाके हुँदा यस शैक्षिक सत्रमा पाठ्यपुस्तकहरुको समस्या नहुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ