arrow

सलमान अर्थात् कैदी नम्बर १०६, जोधपुर जेलमै ज्यानको खतरा ! 

के होला उनीमाथि लागेको लगानी ?

logo
प्रकाशित २०७४ चैत २२ बिहिबार
salman-in-jail.jpg

काठमाडौं । ‘मैने प्यार किया’ बाट फिल्मी करियर सुरु गरेका दबंग स्टार सलमान खान त्यही बेला अर्थात् ३० वर्षअघि नेपाल आएका थिए । त्यसपछि उनी नेपाल आउन जुरेन । गत महिना नेपाल आउने साइत बनेको थियो । उनको दबंग टुर अन्तिम समयमा तुहियो । जसले गर्दा आगामी बैशाखमा पुनः हुन्छ भनिएको थियो । तर ती दंगब स्टारको काठमाडौं हल्लाउने चाहना सम्भवतः पूरा हुने छैन । 

किनकि २० वर्षअघि अति दुर्लभ कालो हरिण (कृष्णसार) मारेको आरोपमा उनी दोषी ठहरिएका छन् । उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । बिहिबार सलमान खान जेल पुगेका छन् । त्यो पनि परिचित जेल जोधपुरको भीआइपी जेल । 

हुनत त्यो जेल उनका लागि नौलो हैन । यही कृष्णसार मारेको काण्डमा उनी दुई पटक त्यो जेलमा बसिसकेका छन् । सन् २००६ मा पाँच वर्षका लागि जेलसजाय सुनाउँदा उनी ६ दिन जेल बसेका थिए । त्यस्तै अहिलेसम्म उनी जम्मा १८ दिन जेल बसिसकेका छन् । 

यसपटक उनलाई १०६ नम्बरको बिल्ला दिएर वार्ड नम्बर २ को एउटा कोठामा राखिएको छ । ११ वर्षपछि जोधपुर जेल पुग्दा धेरै बदलिएको छ । त्यतिबेला अर्थात् २००६ मा २१० नम्बरको बिल्ला भिरेर भित्र छिर्दा उनलाई निकै तनाव भएको थियो । हत्या आरोपमा सजाय काटिरहेको महेश सैनी त्यहाँ थियो । गन्हाउने शौचालय भएका कारण उनलाई निकै तनाव भएको थियो । गर्मी उत्तिकै थियो । 

अहिले सलमानका छिमेकी यौनकाण्डमा मुछिएका महसुस बापू कहलिएका आशाराम साथमा हुनेछन् । आशाराम सन् २०१३ को सेप्टेम्बरदेखि नै त्यो जेलमा छन् । एक नाबालिग छात्राको यौन उत्पीडन आरोपमा आफूलाई आध्यात्मिक गुरु बताउने आशाराम जेलमा परेका हुन् । उनलाई भेट्न अहिले पनि जेलमा मानिसहरु जाने गर्दछन् । 

सलमानलाई विशेष सुरक्षा किन ?
सलमानलाई विशेष सुरक्षा रहेको कोठामा राखिने छ । प्रत्येक चालको कैद हुने गर्दछ । उनलाई सुरक्षा दिनुको कारण छ । पंजाब हरियाणाको कुख्यात ग्यांगस्टर लरेन्सले ८ जनवरीमा कोर्टमा पेश हुने क्रममा पुलिसको उपस्थितिमा खुलेआम सलमानलाई मार्ने धम्की दिएका थिए । त्यो ग्याङस्टरले आफू अपराध बिना जेलमा रहेको र अब पुलिस पनि त्यही चाहेको छ भने सलमानलाई नै मारेर केही गरेर देखाउँछु भनेको थियो । लरेन्स हाल भरतपुर जेलमा रहेको छ । उसका २० गुन्डाहरु भने जोधपुर जेलमै बन्द छन् । 

सलमानले ११ वर्षअघि शौचालय सुधार र हरेक कोठामा फ्यान राख्ने वाचा गरेका भए पनि पुरा गरेनन् । तर जेलर भन्छन् यसपटक शौचालयको सलमानलाई कुनै गुनासो आउने छैन । 


उनलाई जमानतमा छुटाउनका लागि शुक्रबार उनका वकिलहरुले पहल गर्नेछन् । तर उनले कम्तीमा एक दिन यसपटक जेलमा बस्नुपर्ने भएको छ । 

उनी जेलमै बस्नुपर्यो भने करोडौं भारतीय रुपैयाँ बलिउडमा डुब्नेछ ।

के के हुन्छ ? 
१, उनको ‘रेस –३’ चलचित्रको छायांकनको क्रममै छ । रेमो डिसूजाको निर्देशनमा बनिरहेको यो फिल्मको बजेट सय करोड रुपैयाँको हो । 
 २, सलमानले ‘भारत’ चलचित्रमा काम गर्दैथिए । सलमान जेलमै बस्न परे यो फिल्म बीचमै थन्किने छ । फिल्म आगामी जुनबाछट सुटिङ हुँल हुँदै थियो । 
३, ‘दबंग–३’ को सुटिङ यसैवर्षको अन्त्यमा हुँदैथियो । यसअघिका दुवै सिक्वेल हिट भएका थिए । 
 ४, ‘किक–२’ चलचित्र पनि बन्ने क्रममा थियो । यो ‘किक’ को सिक्वेल हो । 
५, ‘बिग बोस’ को १२ औ सिजन सुरु हुँदैछ । यसमा पनि सलमानले नै कार्यक्रम चलाउने छन् । 

सलमानको ‘बिइङ ह्युमन’ कम्पनीमार्फत थुप्रै गरिबले सहयोग पाउँछन् । काम पनि पाइरहेका छन् । यदि सलमान पाँच वर्ष जेल बसे भने के होला ? उनलाई जेलसंगै १० हजार भारतीय जरिवाना गरिएको छ । 

जोधपुर जेल में कैदी नंबर 106 के रूप में आसाराम के पड़ोसी बने सलमान खान

जोधपुर जेल में कैदी नंबर 106 के रूप में आसाराम के पड़ोसी बने सलमान खान

जोधपुर जेल में कैदी नंबर 106 के रूप में आसाराम के पड़ोसी बने सलमान खान

जोधपुर जेल में कैदी नंबर 106 के रूप में आसाराम के पड़ोसी बने सलमान खान

जोधपुर जेल में कैदी नंबर 106 के रूप में आसाराम के पड़ोसी बने सलमान खान



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ