arrow

‘दयाराम परियार मानव अधिकार पुरस्कार’ को राशी एक लाख कायम

logo
प्रकाशित २०७४ चैत २३ शुक्रबार
human-rigt.jpg

काठमाडौं । मानव अधिकारकर्मी दयाराम परियारको स्मृतिमा स्थापित पुरस्कारको राशी १  लाख कायम गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले स्थापना गरेको पुरस्कार आयोगको स्थापना दिवसमा प्रदान गरिने आयुक्त  गोविन्द शर्मा पौडेलले जानकारी दिए । 
 
अधिकारकर्मी परियारको नाममा स्थापना गरिएको ‘दयाराम परियार स्मृति सम्मान’ लाई आयोगले नयाँ कार्यविधि पारित गरेर पुरस्कारमा रुपान्तरण गरिएको आयुक्त पौडेलले बताए । 

हरेक वर्ष प्रदान गरिने पुरस्कार राष्ट्रिय मानव अधिकार आयोगको स्थापना दिवस जेठ १३ गते विशेष समारोहको आयोजना गरी प्रधानमन्त्रीले प्रदान गर्नु हुनेछ ।

राष्ट्रिय मानव अधिकार आयोगमा कार्यरत मानव अधिकार रक्षक दयाराम परियारको २ हजार ६२ साल चैत्र ११ गते पेशागत कृयाशीलताकै अवस्थामा  जनकपुरको जनकचोकमा प्रहरीको गोली लागेको थियो । 

अधिकारकर्मी परियारको उपचारकै क्रममा चैत्र १५ गते त्रिविवि शिक्षण अस्पतालमा निधन भएको थियो । निरंकुश शाहीकालमा भएको  उन्मादपूर्ण घटनामा आफ्नो कर्मठ कर्मचारी गुमाएको आयोगले विगत ५ वर्ष देखि दयारामको स्मृतिमा हरेक वर्ष २ जना विशिष्ठ अधिकारकर्मीलाई सम्मान गर्दै आएको छ । 

सो सम्मान यसअघि अधिकारकर्मीहरु दुर्गा घिमिरे, चरिमाया तामाङ, टेकनाथ वराल, चन्द्र किशोर झा, डा शिवमाया तुम्वाहाङफे, वलदेव राम, मातृका देवकोटा , श्यामसुन्दर शशी,नजवुल खान र विद्या राजभण्डारीलाई प्रदान गरिएको थियो ।

वाह्रौ दयाराम स्मृति दिवसको सन्दर्भमा मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले अधिकारकर्मी परियारको सहादतको सम्मानार्थ आयोगले विभिन्न संस्मरणात्मक गतिविधि गरिरहने बताए  । 

अध्यक्ष शर्माले पिडकलाई कार्रवाहीका लागि आयोगले पहल गरिरहेको वताउनु भयो ।दयारामका दाजु प्रकाशचन्द्र परियारले मौलाउदो दण्डहीनता अन्त्यका लागि दोषिलाई कार्वाही गर्नु पर्नेमा जोड दिदै आफूले न्याय नपाए सम्म लडीरहने बताए । 

कार्यक्रममा आयुक्तहरु प्रकाश वस्ती,मोहना अन्सारी,सचिव वेद भट्टराई लगायतको सहभागिता थियो ।

स्मरणीय रहोस् ,अनुसन्धान पछि आयोगले घटनामा संलग्न तत्कालीन प्रहरी निरीक्षक प्रकाशराज शर्मा सहितको टोलीलाई फौजदारी अभियोगमा कारवाही गर्न  गरेको सिफारिश अझै कार्यान्वयन भएको छैन । 

सर्वोच्च अदालतले समेत दोषिलाई कार्वाही गर्न आदेश दिईसकेको छ । जन आन्दोलन २०६२र६३ मा सहादत अधिकारकर्मी दयाराम परियारलाई मानव अधिकार क्षेत्रको शहीदका रुपमा सम्मान गरिदै आईएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ