arrow

जेलमा पाएको कम्बल ओढेर निदाउन सकेनन् सलमान, आसारामसँग कुरा गरेर कटाए रात

logo
प्रकाशित २०७४ चैत २३ शुक्रबार
salmans.png-jail_.png

एजेन्सी । बलिउड अभिनेता सलमान खानले बिहिवार जेलमा रात काटेका छन् । उनि धरौटिमा छुट्ने प्रकृयामा  छन् । सलमान बिहिवारको रात निदाउन सकेकन् । जेल भित्र उनि कहिले उभिने त कहिले बसेर सोच्ने गर्दथिए । उनि ३.३० बजे मात्र विस्तारमा ढल्किएका थिए । साथै ८ बज्न साथ उनि उठे ।

जोधापुर जेलका एसपी विक्रम सिंहका अनुसार सलमान र असाराम बापुबीच रातमा कुराकानी भएको छ । सलमानलाई  कैदि नम्बर १०६ दिएर वर्ड नम्बर २ मा राखिएको छ । सलमानको ठिक अगाडिको वर्डमा नाबालिग छात्राको यौन उत्पीडन आरोपमा जेल परेका आसाराम बापु रहेका छन् । राती दुवैबीच एक आपसमा कुराकानी भएको हो ।

एसपी विक्रम सिंहका अनुसार भुइमा सुत्नको लागि सलमानलाई चारबटा कम्बल दिइएको छ । उनले भने 'सिलिङमा दुई  पङ्खा लगाइएको छ ।'  कारागार जानु पहिले सलमाले ट्वाइलेट र गिजरको व्यव्थाको विषयमा सोधेका थिए ।

विहान कारागारको तालिका अनुसार उनलाई चनाको दाल, बन्दाकोपि र रोटि दिइएको थियो । तर सलमानले खान अस्विकार गरे  । 

बीस बर्ष पुरानो दुई कालो हरिण शिकारको आरोपमा सलमान खानलाई बिहिवार जोधापुरको एक अदालतले दोषि ठहर गर्दै पाँच बर्ष जेल सजाय र दश हजार रुपैयाँ जरिवना सुनाएको थियो ।  मुख्य न्याायाधिश देवकुमार खत्रीले उनलाई  दोषि ठहर गर्दै  सो निर्णय सुनाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ