arrow

आजको रात पनि कटाउन सलमानलाई मुस्किल, धरौटीमा छुट्ने संभावना न्युन

logo
प्रकाशित २०७४ चैत २३ शुक्रबार
salman-jail.jpg

एजेन्सी ।  बीस बर्ष पुरानो दुई कालो हरिण शिकारको आरोपमा पाँच बर्ष जेल सजाय पाएका बलिउड अभिनेत  सलमान खान शुक्रबार पनि जेल बस्नु पर्ने भएको छ ।  उनि धरौटीमामा रिहा हुने प्रयासमा रहे पनि शुक्रबार उनको प्रयास सफल हुन नसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।  

जोधापुरको केन्द्रीय कारागारमा रहेका सलमानको उनका वकिलले जमानतमा रिहाईका लागि अपिल गरे पनि तल्लो अदालतबाट आउनुपर्ने कागजात नआएका कारण  जमानतमाथि फैसला नभएको बताइएको छ ।  सलमान खानका वकिल महेश बोडाले जमानतका लागि निवेदन दिएका छन् ।

मुख्य न्याायाधिश देवकुमार खत्रीले दुवै पक्षलाई यस मुद्दामा सबै दस्तावेज उपलब्ध गराउन आदेश दिएका छन् ।

सलमान खानलाई शुक्रबारको रात पनि  कटाउन मुस्किल पर्नेछ । उनि बिहिवारको रात निदाउन सकेका थिएनन् । जेल भित्र उनि कहिले उभिने त कहिले बसेर सोच्ने गर्दथिए । उनि ३.३० बजे मात्र विस्तारमा ढल्किएका थिए ।

जेलले उनलाई चारबटा कम्बलको व्यवस्था गरेको छ । सिलिङमा दुई  पङ्खा लगाइएको छ । तर उनि सुत्न नसकेर  रातमा नाबालिग छात्राको यौन उत्पीडन आरोपमा जेल परेका आसाराम बापुसँग गफ गर्न पुगेका थिए ।  सलमानको ठिक अगाडिको वर्डमा नाबालिग छात्राको यौन उत्पीडन आरोपमा जेल परेका आसाराम बापु रहेका छन् ।

साथै सलमाले बिहिवार विहान कारागारले दिएको खाना (चनाको दाल, बन्दाकोपि र रोटि) अस्विकार गरेका छन्  ।

बीस बर्ष पुरानो दुई कालो हरिण शिकारको आरोपमा सलमान खानलाई बिहिवार जोधापुरको एक अदालतले दोषि ठहर गर्दै पाँच बर्ष जेल सजाय र दश हजार रुपैयाँ जरिवना सुनाएको थियो ।  मुख्य न्याायाधिश देवकुमार खत्रीले उनलाई  दोषि ठहर गर्दै  सो निर्णय सुनाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ