arrow

मोरङका चार पत्रकारलाई पुरस्कृत गर्ने

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
पानीट्याङ्की (मोरङ)। नेपाल पत्रकार महासङ्घ मोरङले चार पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । 
 
महासङ्घ शाखाको पुरस्कार छनोट समितिको बुधबार सम्पन्न बैठकले प्रतिभा पत्रकार पुरस्कार विक्रम लुइँटेल र अजित तिवारी तथा नगर विकास पत्रकारिता पुरस्कारबाट कुमोद अधिकारी र बिनु तिम्सिनालाई प्रदान गर्ने निर्णय गरेको हो । 
महासङ्घ मोरङ शाखाले हरेक वर्ष प्रदान गर्दै आएको रु ११ हजार एक सय राशिको पत्रकारिता पुरस्कार पाउने लुइँटेल ‘कोसी खबर डटकम’ र ‘उज्यालो दैनिक’मा र तिवारी नागरिक दैनिकमा आबद्ध छन् । 
 
यसैगरी नगद रु पाँच हजार राशि रहेको नगर विकास प्रतिभा पुरस्कार पाउने अधिकारी रेडियो नेपाल र तिम्सिना मकालु टेलिभिजनसँग आबद्ध छन् । सबै पुरस्कार माघ २३ गते मोरङको पथरीमा हुने महासङ्घको वार्षिक साधारणसभाको अवसरमा प्रदान गरिने शाखाका सचिव नवराज कट्टेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ