arrow

नयाँ पिडिलाई संस्कारको जानकारी गराउन ज्योतिष बिद्या आवश्यक : मन्त्री गिरी

logo
प्रदीप आचार्य
प्रकाशित २०७४ चैत २३ शुक्रबार
jotish.JPG

बुटवल ।   वातावरण तथा वन मन्त्रि लिला गिरीले देशमा रहेका धार्मिक परम्परालाई वैज्ञिानिक हिसाबले परिमार्जित गर्दै नयां पिंडीलाई संस्कारको जानकारी गराईराख्न ज्योतिषहरुको भुमिका महत्वपूर्ण रहने बताएका छन् ।

उनले मुलुक संघियतामा गइसकेपछि र देशमा सबै तहका निर्वाचन सम्पन्न भइसकेकाले प्रदेश सरकारको जिम्मेवार पद ग्रहण गरेकाले सरकारको निती निर्माणमा उचित सल्लाह सुझावको अपेक्षा राख्दै अहिलेको समयमा कमी हुंदै गएको पौराणिक शास्त्र , ज्योतिष शास्त्र अध्ययनको परिपाटी विकास गर्न ज्यातिषहरुलाई आग्रह गरे ।

नेपाल ज्योतिष परिषदको आयोजना तथा ज्योतिष परिषद प्रदेश न. ५ को संयोजनमा बुटवलमा १६ औं राष्ट्रिय ज्योतिष तथा वास्तु सम्मेलनको उद्घाटन गर्दै मन्त्री गिरीले प्रदेश सरकार को निती निर्माणमा ज्योतिषहरुको सल्लाह र सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भनाई राखेका थिए ।

कार्यक्रममा बोल्दै विश्व ज्योतिष महासंघका संस्थापक अध्यक्ष डा. लोकराज पौडेलले नेपालमा ज्योतिषहरुको संगठनात्मक एकताले विश्व  ज्योतिष महासंघको कार्यालय नै नेपालमा रहन पाएकामा गर्व गर्दै कुनै एक ज्योतिषलाई समस्या परे संस्थामा छलफल गरी समाधान गर्नतर्फ लाग्न सुझाव दिदैँ उनले भने –‘ प्रविधीको प्रयोग गरी आधुनिक विज्ञानसंग प्रतिष्पर्धा गरेर अघि बढ्नुपर्ने बेला आएको छ । र महिला ज्योतिषको संख्या कम भएकाले महिलाहरुको यस शास्त्रमा स्थान बढाउन जरुरी छ । ’

प्रा.डा. श्रीकृष्ण अधिकारीले  ज्योतिषहरुले मनगणन्ते कुरा गरेर विकृति, विसङ्गती फैल्याउने काम बन्द गर्दै अनुशासनको पालना गरी समाजका अन्य मानिसलाई अनुशासित बनाउन भूमिका खेल्नुपर्ने बताए । उनले यो शास्त्रको उजागर गर्न जरुरी रहेको भन्दै यो सम्मेलनले शास्त्रीय मूल्य मान्यता कायम गरी समाजलाई शास्त्रीय आधारमा डोर्‍याउन सक्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा  दक्षिण एसियाली ज्योतिष महासंघ अन्र्तराष्ट्रिय समितीका अध्यक्ष डा शहदेव विष्ट, दार्शनिक प्रवक्ता चैतन्य कृष्ण लगायतले बोलेका थिए ।  सम्मेलनमा देशभरबाट ३०० बढी ज्योतिषहरु सहभागी नेपाल ज्योतिष परिषदका अध्यक्ष माधवराज पाण्डेको अध्यक्षतमा शुरु भएको सम्मेलन शनिबार  सम्म चल्नेछ ।

सम्मेलनमा नेपाल पंचाङ्ग निर्णायक समितीका अध्यक्ष डा. रामचन्द्र गौतमले ज्योतिष शास्त्र विहीत मुर्हतको महत्व र मृत्यु संस्कारमा विकृती विषयमा, वास्तुविद माधवमंगल जोशीले वास्तु सम्बन्धी, डा. अर्जुन प्रसाद भट्टराईले फलित ज्योतिषको दार्शनिक आधार र फलप्रतिपादनका आधारभूत मर्महरु विषयमा र प्रा श्रीकृष्ण अधिकारीले गोचरको उपादेयता विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा देशैभरबाट ३०० बढी ज्योतिषहरु बुटवल आएका छन् । नेपाल ज्योतिष परिषद प्रदेश न. ५ को संयोजन रहेको सम्मेलनमा प्रदेश अध्यक्ष तथा सम्मेलनका संयोजक जर्नादन न्योपानेले स्वागत गरेका थिए भने सञ्चालन सुन्दर भण्डारीले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ