arrow

सुआरेजको ४ र मेसीको ३ गोलले बार्साको शानदार जित, भ्यालेन्सिया ७–० ले स्तब्ध

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
Suarez-&-messi.jpg.jpeg

एजेन्सी । स्पेनिश किङ्गस कपको रुपमा परिचित कोपा डेल रे फुटबलमा स्टार खेलाडीले भरिएको बार्सिलोनाले भालेन्सियाविरुद्ध शानदार जित निकालेको छ । बार्सिलोनाले भ्यालेन्सियाको पोष्टमा ७ गोल गर्दै शानदार जित हासिल गरेको हो । बुधबार राति बार्साको घरेलु मैदान नउ क्याम्पमा भएको सेमिफाइनल पहिलो लेगको खेलमा बार्सिलोना फराकिलो अन्तरले विजयी भएको भयो । यो जितले बार्साको फाइनल यात्रा बलियो भएको छ । बार्साका लागि फरवार्ड तथा उरुग्वेन स्टार लुइस सुआरेजले चार गोल गरे । मुख्य फरवार्ड अर्जेन्टाइनी स्टार लियोनल मेसीले ह्याट्रिक गरे ।

यसअघि, सुआरेजले अन्तिम १६ का लागि भएको खेलमा इस्पानियोलका खेलाडीसंग झगडा गरेपछी दुई खेलमा मैदान उत्रेनन् । सुआरेजले खेलको ७औं र १२औं मिनेटमा लगातार गोल गरे । २९औं मिनेटमा मेसीले गोल गर्दै अग्रता तेब्बर पारे । ४५औं मिनेटमा नेमारले पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन् । ब्रजिलियन स्टार नेमारकै नेनाल्टी पेरिफेरीमा मेस्सीलाई फउल गरेका भालेन्सियाका स्कोड्रान मुस्ताफी रातो कार्ड खाँदै मैदानबाट बाहिरीएपछि टोली १० जनामा समेटियो ।

पहिलो हाफमा ३–० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा थप चार गोल गरेको थियो । दोस्रो हाफ पछि मेसीले ५८ र ७४औं मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । आक्रामक भालेन्सियालाई सुआरेज र मेसीले पुरै समय दबाबमा राखे । ८३औं मिनेटमा ह्याट्रिक पूरा गरेका सुआरेजले ८८औं मिनेटमा चौथो गोल गरेपछी बार्सिलोना ७–० को फराकिलो जित निकाल्न सफल भयो । यी दुईबीचको सेमिफाइनल दोस्रो लेग आगामी  वुधबार भ्यालेन्सियाको मैदानमा हुनेछ ।

The ravenous duo walk away with their match balls after both netting hat-tricks for Barcelona in their 7-0 victory

Gary Neville and his brother Phil Neville sit helplessly in the dug out as their side is totally outclassed by Barca

Three Valencia defenders watch Messi carefully, and ominously, as the little maestro makes his way into the penalty area 

Messi speeds into the Valencia penalty area as German defender Shkodran Mustafi sticks out a hopeful right leg

Referee Ignacio Iglesias Villanueva  shows the red card to Mustafi (right) as the visitors' night goes from bad to worse

Mustafi (centre) pleads hopelessly with the official before Neymar prepares to step up and hit the post from the spot


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ