arrow

वृद्धवृद्धालाई मोडल दिपशिखाको सहयोग

एकल महिला,दलित र बृद(बृदाहरुलाई पहिलो प्राथमिकतामा राखेर कम्बल बितरण गरेको संस्थाको अध्यक्ष दिपशिखा खड्काले बताईन् ।

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
dipshikha-khadka-kambal-donate.jpg.jpeg
काठमाण्डौ । गत बैशाख १२ गते देशमा गएको बिनासकारी भुकम्पका कारण बिस्थापित बनेका भुकम्प पिडितहरुलाई बिभिन्न संघ(संस्थाहरुले जाडोको कपडा बितरण गर्दै आएका छन् । तर,आर्थिक अबस्था कमजोर भएकाहरुलाई सहयोग नजुटिरहेका बेला मोडल दिपशिखा खड्काले संचालन गरेको दिपशिखा फाउण्डेसनले भने सहयोग गरेको छ । 

यस फाउण्डेशनले गत महिना देखि नै भुकम्प पिडिहरुलाई जाडोको कपडा ब्ल्याङकेट तथा कम्बल बितरण गर्दै आएको छ । केहि समय अघि मात्रै फाउण्डेशनले सिन्धुपाल्चोकका करिब ३०० घरधुरी र राजधानीका सडक पेटीमा रात बिताउँन बाँध्य बनेका एक सय बढी ब्यक्तिलाई ब्ल्याङकेट बितरण गरेको थियो । 

यस्तै बुधबार फाउण्डेसनले कागेश्वरी मनोहरा नगरपालिका स्थित थलीका वडा नम्बर ६,७ र ८ का एक सय दश स्थानिय आर्थिक अबस्था कमजोर भएकाहरुलाई जाडोको कम्बल बितरण गरेको छ । फाउण्डेसनले यस पटक एकल महिला,दलित र बृद(बृदाहरुलाई पहिलो प्राथमिकतामा राखेर कम्बल बितरण गरेको संस्थाको अध्यक्ष दिपशिखा खड्काले बताईन् । 

स्थानियको घरैमा पुगेर कम्बल बितरण गरेको पनि उनले जानकारी गराईन् । भुकम्प गए देखि सामाजिक कार्यमा सक्रिय बनेको फाउण्डेशनले यस्ता सेवालाई निरन्तरता दिने अध्यक्ष खड्काले बताईन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ