arrow

पाल्पा ५० औ खुल्ला दिशा मुक्त जिल्ला

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ चैत २४ शनिबार
disha.jpg

पाल्पा । पाल्पा जिल्लालाई ५० औ खुल्ला दिशा मुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ । संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पाल्पा जिल्लालाई ५० औ खुला दिशामुक्त जिल्ला घोषणा गरेका हुन् ।

 पाल्पालाई नेपालकै पहिलो खोप सुनिश्चित जिल्ला , पुर्ण साक्षर जिल्ला घोषाण गरिसकिएको छ भने तेस्रो सूचकको रुपमा खुला दिशामुक्त जिल्ला घोषणा भएको हो । पाल्पाका ५९ हजार २ सय ९१ घरपरिवारमा शौचालय निर्माण भएको, १३ हजार घरधुरीमा निजीधारा वितरण जस्ता पुर्वाधार भईसकेकोले खुला दिशामुक्त जिल्ला घोषणा गरिएको जिल्ला स्वछता समन्वय समिती पाल्पाले जनाएको छ ।

 खुलादिशा मुक्त जिल्ला घोषणासभामा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारी कार्यालय, संघ संस्थाका शौचालय देख्ने लायक बनाउनुहोस, अनि टोल छर छिमेक हुँदै जिल्ला लाई पुर्ण सरसफाईको क्षेत्रमा लैजान जनप्रतिनिधी तथा कर्मचारीहरुलाई आग्रह गरेका छन् । सरकारले नै खुलादिशामुक्त घोषणा गर्ने तर सरकारी कार्यालय शौचालय छिर्दा शौचालय नै गर्न नसकिने गरी फोहोर हुने भएकाले सबैभन्दा पहिले सुधार गर्न कर्मचारीहरु लाई मन्त्री पण्डितले निर्देशन दिए ।

अहिले जताततै विषादी र रासायनिक मलको विगविगी छ, शहरभरी धुलो धुवा र प्रदुषण फैलिएको छ यही अवस्था कायम रहे आज जन्मेका बालवालिका बच्चा जन्माउन नसक्ने गरी प्रजन शक्ती पूर्ण रुपमा नाश हुने अवस्था आउने मन्त्री पण्डितले चेतावनी दिए ।  प्रजातन्त्रको दुरुपयोग गर्दै  मुलकमा दण्ड हिनता बढेकोले अवका दिनमा दण्डहिनताको अन्त्य गर्दै गल्ती गर्ने जो सुकै लाई पनि कानुनी दायरामा ल्याउने गरी सरकारले काम थालेको मन्त्री पण्डितले बताए ।

 जनता, कर्मचारी, नेता र सरकार मिलेर देश बनाउने काममा जुट्नु पर्दछ, अहिले हामी गरिव भएकोले विदेशी दाताहरुले पनि च्याखे थापेर सहयोग गर्ने दिन अन्त्य गर्दै सरकारको आवश्यकता अनुसार सहयोग गर्ने  एक जुट हुनुपर्ने मन्त्री पण्डितले बताए । अहिले हामीलाई विदेशी राष्ट्रले सहयोग गरेका छन , अवको २० बर्ष भित्र हामी सहयोग माग्ने होईन दाताको रुपमा सहयोग दिने विकसित मुलुक बनाउने गरी सरकार विकास निर्माणको काममा लागेको मन्त्री पण्डितले बताए ।  जनता र देशप्रति सर्मपित भएर काम गर्नु जनप्रतिनिधी तथा कर्मचारीहरु लाई  काम गर्न मन्त्री पण्डितले निर्देशन दिएका छन्  ।

तपाईहरुले जनताको काम गर्नुस आवश्यक पर्ने सवै कुरामा पूर्ण सहयोग गर्ने मन्त्री पण्डितले बताए ।  मन्त्री पण्डितले सेवा प्रवाह चुस्त दुस्त बनाउन, हरेक क्षेत्रमा कर्मचारी खटन पठन गराउन ऐन कानुनको पालना गराउन काठमाडौ थुप्रिएका कर्मचारीहरु लाई सवै क्षेत्रमा खटाउने काममा लागि परेको मन्त्री पण्डितले बताए । कार्यक्रममा प्रतिनिधीसभा सदस्य एवं पूर्वमन्त्री सोम प्रसाद पाण्डेले जिल्ला खुला दिशामुक्त भएकोले सरसफाईको क्षेत्रमा केन्द्रित भएर काम गर्नु पर्ने बताए ।

 अवको ३ बर्ष भित्र सिद्धबाबा क्षेत्रको बाटोमा  सुरक्षित यात्रा गराउने, तानसेनमा प्रशस्त खानेपानी वितरण गर्ने, ५ बर्ष भित्र पाल्पाका सवै घरधुरी लाई निजी खानेपानीको धारा वितरण गरिने बताए । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख केशवलाल शाक्यले खुला दिशा मुक्तको प्रतिवेदन प्रस्तुत गर्दै खुला दिशामुक्त कार्यक्रमको लागी हालको जिल्ला समन्वय समिती बाट १ करोड २६ लाख ५ हजार र खानेपानी कार्यालय बाट १ करोड ६० लाख ४२ हजार रुपैया खर्च भएको डिभिजन प्रमुख  शाक्यले जानकारी दिए ।

अव आगामी दिनमा एक घर एक धारा अभियान लिएर पुर्ण सरसफाई कार्यक्रममा जुट्ने उनले बताए । कार्यक्रममा क्षेत्रिय स्वच्छता समन्वय समिती पोखराका संयोजक रमाकान्त दवाडी, गैर सरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भेषराज तिमिल्सीनाले खुला दिशामुक्त जिल्ला घोषणा भएकोले आगामी दिन पूर्ण सरसफाईको क्षेत्रमा सवै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने बताए ।
    
कार्यक्रममा १० वटै स्थानीयतहका प्रमुख, जिल्लाका विभिन्न संघ संस्थाहरु लाई कदरपत्र वितरण दिएको थियो । पाल्पा जिल्लामा २०६८ साल माघ १० गते भैरवस्थान गाविस लाई खुला दिशामुक्त गाविस घोषणा गरी शुरु गरेको अभियान ६ बर्ष पछि पुरा भएको हो । जिल्ला लाई खुला दिशामुक्त भएसंगै अगामी बर्ष देखी पूर्ण सरसफाई अभियान लागु हुने भएको छ ।

खुला दिशामुक्त जिल्ला घोषणाको क्रममा तानसेन बजारमा बाजा गाजा विभिन्न प्लेकार्ड र व्यानर सहित र्याली निकालिएको थियो । जिल्ला समन्वय समिती पाल्पाका प्रमुख दयाराज बस्यालको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय अधिकारी रामप्रसाद पाण्डेको स्वागत र जिल्ला समन्वय समितीका कार्यक्रम अधिकृत विनोद नेपालको संचालनमा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ