arrow

डेढ लाख बढीले हेरे धुर्मुस सुन्तलीको रोमान्टिक भिडियो(भिडियो)

केहि दिन अगाडि सार्वजनिक भएको ‘आई लभ यु’ बोलको गीतलाई युट्युबमा करिब २ लाख पटक हेरिएको छ ।

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
Dhurmus-Video.jpg.jpeg
काठमाडौं । दिनेश थपलियाको गीति एल्बम ‘सारांश २’ सार्वजनिक भएको छ । गीति संग्रहमा बसन्त सापकोटाको एकल संगीत रहेको छ भने गीतकार थपलियाको एकल शब्द छन् । उनी हाल सूचना तथा सञ्चार सचिवको रुपमा कार्यरत छन् ।

सातवटा गीत समावेश भएको गीति संग्रहमा अहिलेका चर्चित गायक गायिका अन्जु पन्त, स्वरुपराज आचार्य, सत्यराज आचार्य, राजेशपायल राई, इन्दिरा जोशी, प्रमोद खरेल, सरोज ओली र माधव कार्कीको स्वर छ । 

गीति संग्रहमा समावेश एउटा गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । केहि दिन अगाडि सार्वजनिक भएको ‘आई लभ यु’ बोलको गीतलाई युट्युबमा करिब २ लाख पटक हेरिएको छ । गीतमा कुञ्जना घिमिरे (सुन्तली), सिताराम कट्टेल (धुर्मुस) र पल शाह देखिएका छन् । यो रोमान्टीक गीतमा कुञ्जनाले धेरै पछि आफ्नो नृत्य कला दर्शकलाई देखाएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ