arrow

प्रकाशलाई अन्तर्राष्ट्रिय अवार्ड

यसरी सम्मानित हुनेमा थापा पहिलो व्यक्ति हुन् ।

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
Prakash.jpg.jpeg
काठमाडौं । अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक तथा ग्लोवल फिल्म फेस्टीभलका लिडर प्रकाश थापालाई अमेरिकाको सानफ्रान्सिकोमा कम्युनिटी सर्भीस अवार्ड २०१६ बाट सम्मान गरिएको छ ।

अमेरिकन ईण्डियन पत्रिका सांझी सोच तथा ग्लोवल पञ्जाव टिभी च्यानलको तेस्रो वार्षिकोत्वसको उपलक्ष्यमा कम्युनिटीमा विशेष योगदान पुर्याउने व्यक्तिहरुलाई अवार्ड प्रदान गरिएको हो । यसरी सम्मानित हुनेमा थापा पहिलो व्यक्ति हुन् । 

साथै ईलेक्टेड स्टेट एसेम्ब्ली मेम्बर क्यालिफोर्नियाका डा. हर्मेश कुमार पनि उक्त अवशरमा सम्मानित भएका थिए । । उक्त पत्रिकाका सम्पादक बुटा बासीले नेपाली समुदायका लागि मात्रै नभई अन्य मुलुकका बिभिन्न समुदायका लागि पनि तन, मन र वचनले समाजिक सेवा गरेको भन्दै थापाको खुलेर प्रशंशा गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ