arrow

प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत 

logo
आचार्य प्रदीप
प्रकाशित २०७४ चैत २५ आइतबार
pradesh5.jpg

बुटवल । प्रदेशसभा ५ को बैठक आइतबार बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारको नीति कार्यक्रम प्रस्तुत गर्नेछन् । 

सरकारको नीति कार्यक्रम प्रस्तुत गर्न प्रदेश सरकारले २ दिनअघि प्रदेश प्रमुख झा समक्ष अनुरोध गरिसकेको छ । प्रदेश सरकारले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाएको छ ।

मुख्यमन्त्रिको कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले नीति कार्यक्रमलाई स्वीकृत गरीसकेको छ । पर्यटक आगमन र बसाई अवधि बढाउन बुद्ध जन्मस्थल लुम्बिनी तथा आसपासका पर्यटन केन्द्रमा भौतिक पूर्वाधार निर्माण र अन्न भण्डारका रुपमा रहेका तराईका जिल्लामा व्यवसायीक कार्यक्रम सञ्चालन गर्ने सरकारको मुख्य कार्यक्रम छ ।

सहकारीका माध्ययमबाट आर्थिक विकास गर्ने, प्राकृतिक प्रकोपको सामना गर्ने, मल बीउ लगायतका कृषि सामाग्रीमा अनुदान दिने कार्यक्रम समावेश छन् ।

तराईबाट पहाडी जिल्ला जोड्ने सिद्धार्थ राजमार्गको् सिद्वबाबा सडकको स्तरोन्नति, बाके र बर्दियामा सयौं बिगाह नदी कटान गर्ने राप्ती र बबई नदीको व्यवस्थापनलाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

संसदबाट नीति तथा कार्यक्रम पारित भएपछि चैत २९ गते बजेट प्रस्तुत हुनेछ । 

चालु आर्थिक वर्षका लागि संघले प्रदेशलाई एक अर्ब २ करोड ५ लाखको बजेट पठाएको थियो । त्यसको करिब ५० प्रतिशत रकम मन्त्रीहरुको सुबिधा र व्यवस्थापनमा खर्च हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ