arrow

बजेट नहुँदा जाजरकोटमा टेलिमेडिसिन सेवा बन्द

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
District-65-Jajarkot-hamrakura.jpg.jpeg
जाजरकोट । यहाँको टेलिमेडिसिन सेवा विगत १० महिनादेखि बन्द भएको छ । टेलिमेडिसिन सेवा सञ्चालनका लागि आउने आवश्यक बजेट चालु आर्थिक वर्षमा केन्द्रले उपलब्ध नगराएपछि सेवा बन्द भएको फोकल फाँटका भीमराज सिंहले जानकारी दिए । 
 
पाँच वर्षअघि यहाँका नागरिकलाई विशेषज्ञ सेवा प्रवाह गर्न स्थापना भएको यो सेवा जिल्लामा प्रभावकारी रुपमा सञ्चालन हुन मुस्किल परिरहेको छ । टेलिमेडिसिनद्वारा जाजरकोटका बिरामीको उपचार सहज बनाउन यो सेवा सुरु गरिएको हो । यो सेवामार्फत जाजरकोटको जिल्ला अस्पतालमा रहेको बिरामीको अवस्थाबारे सिधै केन्द्रमा बसेर डाक्टरले जाँच गरी यहाँका डाक्टरलाई उपचारमा सहयोग गर्ने उद्देश्य हो । 
 
अघिल्लो वर्ष मात्र यो सेवामार्फत जाजरकोटका ४८ जना बिरामीको उपचार गरिएको सिंहले बताए । नियमित एक लाख ५० हजार बजेट यो सेवाका लागि आउने गरे पनि यो आवमा नआएका कारण टेलिमेडिसिनमार्फत दिइने सेवा यो आर्थिक वर्षमा प्रवाह हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ