arrow

कुश्मा नगर कार्यसमितिमा जोशी प्यानल एकलौटी, आचार्य प्यानलबाट मतगणना बहिस्कार

logo
विशन क्षेत्री,
प्रकाशित २०७२ माघ २१ बिहिबार
congress.jpg.jpeg
पर्वत । कुश्मा नगरपालिकाको नगर अधिवेशनमा रामचन्द्र जोशीको प्यानल नै विजयी भएको छ । नगर अधिवेशनमा संस्थापन पक्षका रामचन्द्र जोशी र प्रजातान्त्रिक धारका मोहन आचार्य प्यानलसहित चुनावी मैदानमा थिए । निर्वाचनमा धाँधली भएको र पुनःनिर्वाचनको माग सहित मोहन आचार्य प्यानलले मतगणना वहिष्कार गरे पनि बुधबार मतगणना सम्पन्न भयो । मतगणनामा जोशी प्यानल भारी मतान्तरले विजयी भएको छ । मोहन आचार्यलाई सात सय ९८ मतले पछि पार्दै रामचन्द्र जोशी नगर सभापति निर्वाचित भए । 
 
अन्य सबै पदमा जोशी प्यानलले भारी अन्तरले विजय हासिल गरेको छ । जोशी प्यानलमा सचिव कमलप्रसाद पौडेल दया सुवेदी भन्दा सात सय ६९ तथा कोषाध्यक्ष शिवराज शर्मा प्रितमकुमार गुरुङ्गलाई पाँच सय ५८ मतले पछि पार्दै विजयी भएका छन् । सदस्यहरु कालिकाप्रसाद शर्मा नौ सय ७६, कुलप्रसाद पाध्याय नौ सय ९९, कौशलचन्द्र रिमाल नौ सय १०, चित्रबहादुर क्ष्ोत्री नौ सय २०, झलक शर्मा पोखरेल आठ सय ७६, दु्रपती रिजाल आठ सय ५०, धनबहादुर भण्डारी सात सय ८४ र सुरेन्द्र केसीले आठ सय ७८ मत ल्याएर विजयी भए । जोशी प्यानलले सबै पदमा आचार्य प्यानल लाई पाँच सय मतले पछि पारेको हो । 
 
क्षेत्रीय प्रतिनिधीतर्फ समेत जोशी प्यानलनै विजयी अग्रस्थामा रहयो । आदिवासी जनजातितर्फ जोशी प्यानलबाट तीनजना र आचार्य प्यानलबाट एकजना क्षेत्रीय प्रतिनिधीले उम्मेदवारी दिएकामा जोशी प्यानलका तीन जनामात्र निर्वाचित भएका छन् । प्रेमबहादुर गुरुङ्ग एक हजार १०, मना पुन नौ सय ४४, सुन्दरप्रसाद जोशीले नौ सय ७९ मत ल्याउँदा आचार्य प्यानलका युनबहादुर गुश्रङ्गले एक सय ९८ मत मात्र प्राप्त गरे । 
 
दलिततर्फ पनि जोशी प्यानलले नै एकलौटी गरेको छ । आचार्य प्यानलबाट मिठाराम विश्वकर्मा तीन सय ४५ तथा रामबहादुर विकले एक सय ७६ मत ल्याउँदा जोशी प्यानलका निर्मल विश्वकर्मा एक हजार ७४, प्रेमबहादुर विक नौ सय ४० तथा भागिरथी नेपालीले सात सय ८७ मत ल्याएर विजयी भए ।
 
कुल एक हजार सात सय ४८ क्रियाशील सदस्य भएतापनि निर्वाचनमा भने एक हजार तीन सय ८० मत मात्र खसेको थियो । खसेको मतमा दुई खाली तथा आठ बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । एक हजार तीन सय ७० सदर मतमा पनि एउटै मतदाताले दुईटै प्यानलमा तथा व्यक्ति रोजेर भोेट हालेका कारण कुल सदर मतमा फरक परेको निर्वाचन अधिकृत हिरालाल रेग्मीले बताए । एउटै मतदाताले दुईटै प्यानलका एउटै पदका व्यक्तिमा मत हाल्दा त्यो मत गणना नहुने रेग्मीले बताए । 
 
मतगणनामा दुवै प्यानलका सभापतिको भन्दा अन्य पदका व्यक्तिको मत बढि आएको पाईएको छ । जोशी प्यानलमा जोशीको भन्दा दलिततर्फका क्षेत्रीय प्रतिनिधी निर्मल विश्वकर्माले ३४ मत बढि ल्याएका छन् भने आचार्य प्यानलमा कोषाध्यक्ष पदका उम्मेदवार प्रितमकुमार गुरुङ्गले ५२, सदस्य पदका कृष्णप्रसाद उपाध्यायले एक सय ७६ मत बढि ल्याएका छन् । क्षेत्रीय प्रतिनिधी मिठाराम विश्वकर्माले पनि आचार्यले भन्दा एक सय तीन मत बढि ल्याएका छन् ।
 
आचार्य प्यानलबाट मतगणना वहिष्कार, पुन मतदान गर्न माग
कांग्रेस कुश्मा नगर कार्यसमितिको अधिवेशनमा धाँधली भएको भन्दै मोहन आचार्य प्यानलले धाँधली भएको भन्दै निर्वाचन वहिष्कार गरेको छ । मंगलबार भएको नगर अधिवेशनमा मोहन आचार्य प्यानलले चुनाव धाँधलीपूर्ण रहेको र फर्जी मत हालिएको भन्दै निर्वाचन बदर गर्न माग गरेपनि मत गणना रोकिएन । निर्वाचनको बेला एक हजार तीन सय ८० मत खसेको मुचुल्का उठाइएपनि सहायक मतदान अधिकृतले रेजा लगाउने बेला एक हजार ३९ मात्र रेजा लगाएको देखिएकाले दुई सय ४१ मत धाँधलीपूर्ण तरिकाले खसेको आरोप आचार्य पक्षधरको छ । जारी मतगणना प्रक्रिया रोकेर परिचयपत्र वितरण गरी पुनः निर्वाचन प्रक्रिया अगाडि बढाउन समेत आचार्य पक्षले माग गरेकोे हो । 
 
आफूहरुलाई हार स्विकार भएतापनि धाँधलीपूर्ण निर्वाचन स्वीकार्य नहुने सभापतिका आकांक्षी मोहन आचार्यले बताए । ‘लोकतन्त्रमा हार स्विकारका लागि तयार छु, तर लोकतन्त्रकै खिल्ली उडाउने गरी नक्कली निर्वाचन कुनै हालतमा स्विकार गर्न सक्तिन्, आचार्यले भने, ‘यो निर्वाचन बहिष्कार हुनुपर्छ ।’
 
निर्वाचन निष्पक्ष हुनुपर्ने हाम्रो माग हो, आचार्य प्यानलकै सदस्य पदका प्रत्यासी रामकुमार पौडेलले भने ।आचार्य प्यानलले नेपाली काँग्रेस केन्द्रिय निर्वाचन समिति र नेपाली काँग्रेस कुश्मा नगर निर्वाचन समितिलाई बोधार्थ गराउँदै निर्वाचन बदर गर्न माग गरेको हो । उता, संस्थापनतर्फका सभापति आकांक्षी रामचन्द्र जोशीले निर्वाचन निष्पक्ष भएको जिकिर गरे । ‘निर्वाचनमा स्वयं उपस्थित हुने र पराजय निश्चित भएपछि, लाञ्छना लगाउनुको कुनै तुक छैन्,’ जोशीले भने, ‘यो सबै पराजित मानसिकताको उपज हो ।’प्रतिष्पर्धामा आउने अनि हार्ने भएपछि धाँधली भयो भन्नु लोकतन्त्र विपरित कार्य रहेको सदस्य पदका प्रत्यासी शिवराज शर्माले बताए ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ