arrow

वीरगन्ज नाका खुल्ने सद्भावना अध्यक्ष महतोद्वारा सङ्केत

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
Rajendra-Mahato.jpg.jpeg
विराटनगर । संयुक्त मधेसी मोर्चासँग आबद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगन्ज नाका खुल्ने सङ्केत गरेका छन् । भारतीय नेतासँग भेटघाट गरी पटनाबाट बुधबार साँझ विराटनगर फर्कीएका महतोले आज विराटनगरमा  पत्रकार सम्मेलन आयोजना गरेर वीरगन्ज नाका अबरुद्ध पारेर सरकारलाई कुनै असर नपरेको बरु कालोबजारी व्यापकरुपमा मौलाएको र जनतालाई सास्ती भएको बताएका छन् । 
 
भारतसँगको सबै नाका बन्द गर्नुपर्ने वा वीरगन्ज नाका पनि खोल्नुपर्ने सम्बन्धमा दुई दिनभित्र काठमाडौँमा हुने मोर्चाको बैठकमा छलफल गर्ने महतोले बताए । विहारको पटनामा राष्ट्रिय जनता दलका नेता एवम् विहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव, भारतीय जनता पार्टीका नेता एवम् विहारका पूर्वउपमुख्यमन्त्री सुशील मोदी लगायतका नेतासँग भेटेका महोतोले  भेटघाट सकारात्मक रहेको बताए । 
 
मधेस आन्दोलनमा नैतिक समर्थन दिने र भारतका केन्द्रीय सरकारमार्फत नेपाल सरकारलाई मधेसी जनताको हकहितका लागि दबाब दिन लगाउने आश्वासनसमेत ती नेताबाट पाएको  अध्यक्षको भनाइ थियो । उनले विगतमा भएका सम्झौता र अन्तरिम संविधानबाट प्राप्त अधिकारबाट समेत वञ्चित गरिएको सम्बन्धमा भारतीय नेताहरुलाई आफूहरुले जानकारी गराएको बताए । 
 
संविधान संशोधन आफूखुसी गरिएको उल्लेख गर्दै अध्यक्ष महतोले मेचीदेखि महाकालीसम्म मधेसमा दुई प्रदेश अनिवार्यरुपमा हुनुपर्ने र यसभित्र केही गाउँ मिलाउन सकिने धारणा व्यक्त गरे । आन्दोलनलाई अझ सशक्त बनाउन आन्दोलनमा सक्रिय रहेका मधेसका दुइटै मोर्चा र थारूको मोर्चासमेत गरी महागठबन्धन निर्माण गर्ने विषयमा छलफल सुरु भएको उनले बताए  । महतोले अधिकार प्राप्तिका लागि सरकारसँग गरिने अन्तिम लडाइँका लागि शक्ति सञ्चय गर्न पनि आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने सुझाव जनताबाट आइरहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ