arrow

मोर्चाको बन्दले क्षेत्रीय अधिवेशन अन्योलमा, व्यवसायीले महत्व दिन छाडे

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
janakpur-news.jpg.jpeg
जनकपुर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कांग्रेस जिल्ला अधिवेशनलाई लक्षित गरी गरेको अनिश्चतकालिन जनकपुर बन्दले क्षेत्रीय अधिवेशन अन्योलमा परेको छ । शुक्रबार क्षेत्रीय अधिवेशन गर्ने तयारी भएपनि सपही महेन्द्रनगरको अधिवेशन नभएकाले अन्योल सिर्जना भएको हो । सपही पूर्वराष्ट्रपति डा. रामवरण यादव पुत्र डा. चन्द्रमोहन यादव र महेन्द्र यादवको क्षेत्र हो । 
 
जनकपुरको १, २, ३, ४, ६ र ७ नम्बरमा अधिवेशन सकिएपनि ५ नम्बरमा मोर्चाको अवरोधका कारण हुन सकेको छैन । कांग्रेसको जिल्ला अधिवेशन भाँड्ने गरी मोर्चा कार्यकर्ताले बन्द आह्वान गरेका हुन् । कांग्रेस सहमहामन्त्री विमलेन्द्र निधी वुधबार जनकपुर पुगेपछी मोर्चा कार्यकर्ताले संविधानमा हस्ताक्षर गरेका सांसदलाई जिल्ला प्रवेश गर्न नदिने भन्दै विरोध गर । उनीहरुले नेपाली कांग्रेसका कुनैपनि गतिविधि गर्न नदिने बताए । अनिश्चितकालिन बन्दले जनकपुर बजार बन्द छ भने, शैक्षिक संस्था, यातायात चलेका छैनन् । यद्यपि, बजारमा चहल पहल घटेपनि फाट्टफुट्ट पसल खुलेका छन् । 
 
जनकपुरमा अब मोर्चा बन्दको असर पर्दैन 
पहिले बन्दमा आफै सरिक हुने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव संकर साह (हिरा)ले यसपटक विज्ञप्ती जारी गरेर बन्दमा आफ्नो कुनै सहयोग नरहेको जनाएका छन् । पहिले आफै व्यवसाय बन्द गर्न लगाउन उनले यसपटक व्यवसायीलाई कुनै दबाब दिएका छैनन् । उनले अब उपरान्त समेत आन्दोलनकारीलाई नसघाउने प्रण गरेका छन् । जसले बजार पूर्ण रुपमा बन्द छैन । 
 
निधी स्वागतले तर्सिए मोर्चा कार्यकर्ता
जनकपुर विमानस्थलबाट विमलेन्द्र निधी नगराईन लाग्न खोज्दा बाटोमा १ किलोमिर सम्म कांग्रेस कार्यकर्ता दुवैतिर माला लिएर लाम बद्ध थिए । जसले मोर्चा कार्यकर्ता टाढैबाट तर्सिए । निधी पुग्नु अघि बम राखेको हल्ला फिजाएका कार्यकर्ता कोही नजिक आएनन् । विरोधको कार्यक्रम राखेका उनीहरु तित्तरवित्तर भए । जसले गर्दा ठूलो दुर्घटना हुनबाट जोगिएको सहकर्मी शैलेन्द्र झाले जानकारी दिए । मोर्चा कार्यकर्ताले निधीको जनकपुर आगमन विथाल्ने तयारी गरेपनि कुनै गतिविधि नभएको झाले बताए । निधी सोझै आफ्नो क्षेत्र नगराइन गए । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ