arrow

वैज्ञानिक तथा व्यवस्थित योजना बनाउन थापाको आग्रह

logo
प्रकाशित २०७४ चैत २६ सोमबार
badhimalika.jpg

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाले सोमवार प्रतिनिधी सभाका सदस्य लाल बहादुर थापालाई स्वागत गरेको छ । १० औं राष्ट्रपति रनिङ्ग शिल्लको उद्घाटन कार्यक्रममा गृह जिल्ला पुगेका थापालाई सोमबार विहान स्वागत तथा सम्मान गरिएको बडीमालिका नगरपालिका उप–प्रमुख कविता विष्टले बताइन् ।
 
सोमबार गरिएको स्वागत कार्यक्रममा प्रतिनिधी सभाका सदस्य लाल बहादुर थापाले बाजुराको विकासका लागि जवाफदेही र जिम्मेवार भएर लाग्न आग्रह गरे । नगरपालिका भित्रमा गर्ने गतिविधीको बारेमा जानकारी लिएपछि कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य थापाले अवको विकासका लागि सुशासन रसमृद्धीका लागि आर्थिक बृद्धी आवश्यक रहेको बताए ।
 
प्रतिनिधी सभा सदस्य थापाले नगरको विकासका लागि वडाध्यक्ष,कार्यपालिका र प्रशासन क्षेत्रका कर्मचारीले सहयोगी भुमिका खेल्नुपर्ने बताए । देशले तिन तहको निर्वाचन पछि जनताको मुहारमा परिवर्तन भएको देख्न चाहेको बताए ।
बडीमालिका नगरपालिका र अँन्य नगर तथा गाउँपालिकाकाले विकासका लागि भुमिका बाहिर बस्न नपाईने औल्याए । उनले जिल्लाका चार नगरपालिका र पाँच गाउँपालिकाको विकासका लागि आफु सधै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

स्वागत तथा सम्मान कार्यक्रममा नगरपालिकाका जिम्मेवारी व्यक्तिहरुले दायित्व,जिम्मेवारी र आफ्नो भुमिकामा बसेर बडीमालिका नगरपालिकालाई समृद्ध नगर बनाउन सहयोग गर्नुपर्नेमा थापाले जोड दिए । नगरलाइृ समृद्ध बनाउका लागि वैज्ञानिक तथा व्यवस्थित योजना बनाउन आग्रह गरे ।

कार्यक्रममा नगरपालिकाका नगर प्रमुख पदम बडुवालले समृद्ध नगर बनाउका लागि विभिन्न कार्य योजना बनाएर नगरसभाले पारित गरेको सदस्य थापालाई जानकारी गराए । उनले बडीमालिका खप्डत रारा पर्यटन मार्ग जोड्ने,इबडीमालिका,किसानसंग नगर प्रमुख,महिलासंग उप–प्रमुख मिनि बडीमालिका लगायतका योजनाहरु नरपालिकाले अगाडी बढाएको बताए ।
 
स्वागत तथा सम्मान कार्यक्रममा नगर उप प्रमुख कविता विष्ट, प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री,विभिन्न सरकारी तथा गैर सरकारुी कार्यालयका प्रमुख तथा प्रतिनिधी,पत्रकाहरुको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ