arrow

फुटबलको विश्व वयरितामा नेपालको छलाङ, आठ स्थान माथि उक्लियो

दक्षिण एसियामा श्रीलंका र भुटानलाई उछिन्यो

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
nepal-Fifa.jpg.jpeg
काठमाडौं । विश्व फुटबल महासंघ फिफाको नयाँ बरियतामा नेपाल आठ स्थान माथि उक्लिएको छ । यसअघि नेपाल १ सय ९६औं स्थानमा पुगेको थियो । विहिबार जारी गरेको नयाँ बरियतामा नेपाल दक्षिण एसियाको पाँचौ स्थानमा आएको छ । विश्व बरियतामा नेपाल एक सय ८८औं स्थानमा छ । 
 
अघिल्लो महिना भारतको केरलामा भएको साफ च्याम्पियनसिपमा नेपाल श्रीलंका र भारतसँग पराजित भएसँगै नेपाल १ सय ९६ औं स्थानमा झरेको थियो । जो नेपाली फुटबल इतिहासको कमजोर वरियता रहेको फुटबल पण्डितहरु बताउँछन् ।  बंगलादेशमा भरखरै सम्पन्न भएको बंगबन्धु गोल्डकप च्याम्पियन भएपछि नेपालको वरियता सुधार भएको हो ।
 
नेपालले बंगबन्धुको उपाधि जित्दै नेपाली फुटबलको २३ वर्षदेखिको खडेरी अन्त्य गरेको थियो । बंगबन्धु गोल्डकपमा नेपालले समूह चरणमा श्रीलंकालाई १–० हराएको थियो । बंगलादेशसँग गोलरहित बराबरी खेल्दा सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ ले पराजित गरेको थियो । जुन खेललाई फिफाले आधिकारिक मानेको छ । 
 
दक्षिण एसिया
दक्षिण एसियाली मुलुकको शीर्ष स्थानमा अफगानिस्तान छ । अफगानिस्तान विश्व बरियतामा १ सय ५४ औं स्थानमा उक्लिएको छ । यसपटक देखि मध्य एसियाली समूहमा सामेल भएको अफगानिस्तान एक स्थान माथि उक्लिएको हो । दक्षिण एसियाको दोस्रो स्थानमा रहेको भारत एक स्थान माथि उक्लिदै विश्व वरियतामा एक सय ६२औं स्थानमा पुगेको छ । यस्तै, दक्षिण एसियाका तेस्रो स्थानमा रहेको बंगलादेश २ स्थान माथि उक्लिदै विश्व वरियतामा १ सय ७७औं स्थानमा पुगेको छ ।
 
दक्षिण एसियाको चौथो स्थानमा रहेको पाकिस्तान विश्व बरियतामा यथा स्थानमा छ । पाकिस्तान नेपालभन्दा तीन स्थान माथि एक सय ८५औं स्थानमा छ । दक्षिण एसियाको पाँचौ स्थानमा रहेको नेपाल आठ स्थान माथि उक्लिदै विश्व वरियतामा एक सय ८८औं स्थानमा उक्लिएको छ । नेपाल भन्दापछी परेको श्रीलंका विश्व वरियतामा १ स्थान तल झदै १ सय ८९औं स्थानमा छ । दक्षिण एसियाको पुछारमा रहेको भुटान विश्व वरियतामा एक सय ९३औं स्थानमा छ । विश्व  वरियातामा बेल्जियम,अर्जेन्टिना, स्पेन र विश्व विजेता जर्मनी क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानमा यथावत छन् ।    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ